पहिचानः एमालेलाई घाटा कति ? « Yalambar Times
२१ आश्विन २०८१, सोमबार

पहिचानः एमालेलाई घाटा कति ?


यलम्वर टाइम्स
९ श्रावण २०८०, मंगलवार ११:३५

बिर्तामोड । राजनीति बिचार र मुद्दाको एजेण्डाबाट चल्दो रहेछ भन्ने पूर्ण ज्ञान हुँदाहुँदै पनि पहिचानको मुद्दालाई त्यागेर आफू खुशी कार्यकर्ता डोहो¥याउन खोज्दा प्रदेश नं. १ मा नेकपा एमाले कमजोर भएको महसुस समिक्षात्मक कार्यक्रममा विश्लेषण गर्न थालेका छन् ।

प्रदेश १ मा तीन शक्तिशाली पार्टी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र कोशी नाममा केन्द्रित भई प्रदेशको नाम पारित गरेतापनि पहिचान पक्षधरहरुले आन्दोलनको मुभमेन्टलाई उग्रता प्रदान गरेपछि माओवादी र कांग्रेसले गल्ती भएको स्वीकार्दै दोष जति नेकपा एमाले माथि तेर्साइदिएपछि एमाले पहिचानको मुद्दामा कमजोर देखिएको हो ।

प्रदेश नं. १ को नाम कोशी राख्न गलत भएको पूर्व लडाकु संस्था पीएलएले विज्ञप्ति मार्फत विरोध जनाएपछि माओवादीभित्र बहस चल्यो । त्यसैलाई टेकेर प्रदेश नं. १ अन्र्तगत नेकपा माओवादीभित्र अन्तरद्वन्द समेत सिर्जना भयो ।

माओवादीमा धेरै कार्यकर्ताहरु पहिचानको पक्षमा सडकमा देखिए । माओवादी सांसदहरुलाई सडकमा खेदाउँदा माओवादी कार्यकर्ताहरुनै मौन रहे ।

त्यतिमात्र होईन कोशी प्रदेशको नाम राख्न अग्र भूमिका खेल्ने पार्टी नेकपा एमाले हो भनेर विरोध चलिरहँदा मिशन ग्रासरुट अभियान लिएर हिडेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको विपक्षमा बोल्दै हिड्नुले पार्टीभित्रका पहिचान पक्षलाई तिलाञ्जली दिनु सरह हो भन्ने आम पहिचानवादी पक्षले बुझेपछि अध्यक्ष ओलाीलाई यात्रामा अवरोध मात्र गरेनन् कालो झण्डा र ढुंगामुढासमेत प्रहार गरे । अध्यक्ष ओलीसँगै हिडेका पार्टीका वरिष्ठ नेता सुवास नेम्वाङलाई समेत प्रहार भयो ।

२०७४ को घोषणा–पत्रमा नेकपा एमालेले पहिचानको पक्षमा संबोधन मात्र गरेन अधिकार समेत दिने भनेर आम जनतालाई भनेपछि मत परिणाम पनि राम्रै ल्याएको थियो, अर्थात् बहुमत ।

पछिल्लो पटक सत्तामा पुगेपछि पहिचानवादीहरुको आवाजलाई बेवास्ता गर्दै हिडेपछि प्रदेश नं. १ का जल्दाबल्दा नेता हिक्मत कार्कीले प्रदेश सभा विघटन गर्नुपर्छ भन्दै हिडेपछि पछिल्लो पटक ०७९ को चुनावमा पार्टीको मत परिणाम स्वातै घटेको तथ्याड्ढ छ ।

०७४ मा १२१ सिट ल्याउँन सफल एमाले ०७९ मा ७९ सिटमा खुम्चिन प¥यो । समानुपातिकमा पनि ०७४ मा ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेको थियो भने ०७९ मा २८ लाख ४५ हजार ६ सय ४१ मतमा झर्नु प¥यो ।

पहिचानका कुरा उठाउँदा मत परिणाम बढ्नु र गुपचुप बस्दा मत परिणाम घट्दै जानु र पहिचान विरोधी प्रदेशको नाम राख्दा या पहिचानवादीहरुको भावनालाई सम्मान नगर्दा ०८४ को मतपरिणाम कस्तो आउँला त ?

पञ्चायती शासनकालमा पनि पूर्वाञ्चलबासीलाई छुन र उनीहरुका भावना विपरित बोल्ड डिसिजन गर्न राजा लगायत मन्त्रीमण्डललाई धाउधाउ हुने गरेको त्यसबेलाका प्रसाशक काजीमान कन्दङवाले भनेका शब्द हिजोआज सम्झन लायक छन् ।

पूर्वाञ्चल क्षेत्रमा रैथाने आदिवासीहरु बसोबास भएको ठाउँ हो । तिनीहरुलाई हत्तपत्त नचलाउँनु भन्ने शब्द मदनमणी दिक्षितले ओकलेका थिए । कवितामा समेत स्वाठे, भुसतिघ्रे, खर्पने र डोके बसेको ठाउँ भनेर व्यंग्य हानेका शब्दले पहिचान पक्षधरको भावनामा ठेस पुगिरहेको बेला एक्कासी कोशी नाम नामाकरण गरेर आदिवासीको भावना विपरित निणर्य लिनु मृत्युको बेलामा जन्मको दियो बाले जस्तै हो ।

कोशीको पक्षमा उभिएतापनि तत्काल जनताको भावना र इच्छालाई नेपाली कांग्रेसले सम्बोधन ग¥यो । नेकपा माओवादी केन्द्रले त गल्ती स्वीकार्दै पहिचानलाई सम्मान गर्ने भनाई बाहिर ल्यायो । रैपनि सरकारमा रहेकाबेला कांग्रेस र माओवादी सांसदहरुलाई कालो झण्डा सहित विरोध प्रर्दशन गरे । राप्रपालाई त हाल पनि उनिहरुका हरेक कार्यक्रममा अवरोध गरिनै रहेका छन् ।

समग्रमा पहिचान पक्षधरहरुले काहीं बंश गद्दार घोषणा गरे त काहीं फराक्लो । अवरोध सिर्जना गर्न पछी नहटेका पहिचान पक्षधरहरु एउटै नारा “कोशी नाम चाहिदैन” भनेर हिडिरहेको बेला नेकपा एमाले पार्टीले पहिचान पक्षधरका आन्दोलनलाई हलुकारुपमा लिदाको परिणाम देखिन थालिसकेको छ ।

केहीदिन अघि प्रदेश नं. १ मा भएको कार्यकर्ता नविकरणमा कार्यकर्ताको संख्या घट्नु एमालेलाई उल्टो झापड हाने सरह हो । त्यस तर्फ दलहरुले बेलैमा नसोचे अर्थात् पहिचान पक्षलाई सम्बोधन नगरे हालत त्यही रहने छ ।