अब छ सयमै शंकर अस्पतालमा डेंगी परीक्षण, सचेत रहन आग्रह « Yalambar Times
१४ श्रावण २०८२, मंगलवार

अब छ सयमै शंकर अस्पतालमा डेंगी परीक्षण, सचेत रहन आग्रह


यलम्वर टाइम्स
२९ श्रावण २०८०, सोमबार ०६:४३

अर्जुनधारा । डेंगी महामारीले आक्रान्त बनाइरहेको अवस्थामा अर्जुनधारा–७ स्थित शंकर अस्पतालले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै छ सय रूपैयाँमै डेंगी परीक्षण गर्ने भएको छ ।

देशका विभिन्न स्थानमा महामहरीको रूपमा देखा परेको डेंगी पछिल्लो समय अर्जुनधारा क्षेत्रमा पनि देखिन थालेपछि छ सयमै परीक्षण गर्ने भएको अस्पतालका प्रबन्धक सुजन शिवाकोटीले जानकारी दिए ।

‘सरकारी अस्पतालले सात सयमै परीक्षण गर्ने गरेको छ’ उनले भने, ‘हामीले पनि नागरिकको अवस्थालाई मध्यनजर गर्दै सोही दरमा परीक्षण गर्ने निर्णय गरेका हौ ।’

शंकर अस्पताल यस क्षेत्रकै सबैभन्दा पुरानो निजी अस्पताल हो । समय समयमा स्वास्थ्य शिविर, रक्तदान लगायतका सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

यसअघि शारीरिक र मानसिक दुवै रुपले स्वास्थ्य रहनका लागि योग शिविर पनि सञ्चालन गरेको प्रबन्धक शिवाकोटीले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगका बिरामीहरू बढ्दै गएपछि यसबाट बच्नका लागि सावधानी अपनाउन अस्पतालले आग्रह समेत गरेको छ ।