भारतमा तीर्थ यात्री चढेको अटो दुर्घटना हुँदा अर्जुनधाराकी शारदाको मृत्यु « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

भारतमा तीर्थ यात्री चढेको अटो दुर्घटना हुँदा अर्जुनधाराकी शारदाको मृत्यु


यलम्वर टाइम्स
१४ भाद्र २०८०, बिहीबार ०९:३९

अर्जुनधारा । भारतको भागलपुरमा मंगलबार राति भएको सवारी दुर्घटनामा अर्जुनधारा–९ कार्की डाँडाकी शारदा कार्कीको मृत्यु भएको छ ।

५५ वर्षीय कार्की श्रीमान जतगबहादुरसँगै तीर्थयात्राका लागि भारत गएकी थिइन् ।

मंगलबार राति सवा ९ बजे भागलपुरको रजौन थाना स्थित केशव वाटिका नजिक तीर्थयात्रीहरु चढेको अटोलाई कारले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा अटोमा सवार कार्कीसहित दुई जना महिलाको ज्यान गएको छ ।

दुर्घटनामा कार्कीका श्रीमान जगतबहादुर र झापा बिर्तामोडका अनन्तलाल महतो पनि घाइते भएका छन् ।

बासुकीधाम पुगेर नवगछियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको अटोमा १२ जना सवार थिए ।