नकरात्मकताको भारी नबोकौंः रेकी « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

नकरात्मकताको भारी नबोकौंः रेकी


यलम्वर टाइम्स
५ आश्विन २०८०, शुक्रबार ११:१४

अर्जुनधारा । मनोक्रान्तिका अभियान्ता उमंग आनन्दले नकरात्मकताको भारी नबोक्न आग्रह गरेका छन् ।

रेकी अर्थात् रे– ब्रम्हाण्ड, की– शक्ति यी दुई तत्वबाट साधना गर्न सके मानसिक, शारीरिक र पारिवारिक समस्याबाट टाढा हुन सकिनेमा जोड दिए ।

रेकी जापानीज शब्द हो । भगवान बुद्धले सुरु गरेको यो रेकी योग मानिसमा ऊर्जा उत्पादन गर्न सकिने भएको हुँदा यसलाई मिकाउसुले बाहिर चर्चामा ल्याए, त्यसलाई मनोक्रान्तिका अभियान्ता विकासानन्दले नेपालमा ल्याएको हुँदा हरेक मानिसमा रेकी आवश्यक भएको प्रशिक्षक उमंग आनन्दले जानकारी दिए ।

शुक्रबारबाट दुई दिन चल्ने रेकी उपचार पद्धतीसमेत भएको हुँदा रेकीलाई आत्मसाथ गर्दै अगाडि बढेको खण्डमा औषधी खाएर रोग दबाउने कामको अन्त्य हुने समेत जानकारी दिए ।

रेकीले मन उज्यालो पार्ने, हाँस्न, हसाउन सिकाउने, आफ्नो मनमा भएको नकरात्मक ऊर्जालाई नष्ट पार्ने भएको हुँदा यो पद्धतीमा सामेल भएर सुखी जीवन चलाउन आग्रह गरे ।

विश्व परिवार झापाका अध्यक्ष मेहर मगरको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि अग्नी सिग्देल, अतिथि दिपीन राई लगायतको उपस्थिति रहेको कार्यक्रममा महिला र पुरुषको समान सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन उज्वल खरेलले गरेका थिए भने नारद नेपाल, रञ्जना भण्डारी न्यौपाने, सावित्रा न्यौपाने लगायतले सहजीकरण गरेका थिए ।