शनिश्चरे अस्पतालका बस्नेत महिलासँग रंगेहात पक्राउ परेपछि पदबाट बर्खास्त « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

शनिश्चरे अस्पतालका बस्नेत महिलासँग रंगेहात पक्राउ परेपछि पदबाट बर्खास्त


यलम्वर टाइम्स
१२ आश्विन २०८०, शुक्रबार ०८:४९

अर्जुनधारा । शनिश्चरे अस्पतालका सिनियर अहेव तथा स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई अर्जुनधारा नगरपालिकाले जिम्मेबारीबाट बर्खास्त गरेको छ ।

झापाकै एक चारकोशे झाडीमा शनिश्चरे अस्पतालकी कर्मचारीसँग अनैतिक कार्य गरेको बस्नेतकै श्रीमतीले देखेपछि उक्त कार्य सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो भन्दै बस्नेतलाई शाखा प्रमुखबाट हटाइएको हो ।

भिडियोमा बस्नेतसँग उठबस गर्ने महिला भाग्दै गरेको र श्रीमतीले बस्नेतलाई लछारपछार गर्दै महिलामाथि गालीगलौज गरेको देखिन्छ ।

उक्त भिडियो सार्वजनिक भए लगतै भाइरल भएपछि शुक्रबार बिहान बसेको अस्पतालको आकस्मिक बैठकले अस्पतालको मान, मर्दन र नगरको इज्जत जाने भएको भन्दै स्पष्टिकरण सहित बस्नेतलाई पदबाट निकालिएको छ भने महिलालाई ४८ घण्टे स्पष्टिकरण माग गरिएको छ ।

बस्नेत कोरोना कालमा नगरको स्वास्थ्यमा निकै सक्रिय थिए । पछिल्लो पटक औषधी लगायत महिला काण्डमा देखिएको हुँदा आलोचित बन्दै आएका थिए । केही दिनअघि उनकै श्रीमतीले महिलासँग भएको गतिविधिमा प्रत्यक्ष भेटेपछि चर्चामा आएका हुन् ।

यता बस्नेतले भने लेनदेनको विषयमा सडकको किनारमा बसिरहेका समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन् । उनले श्रीमती, भिडिओमा देखिएकी ती युवती र आफूसमेत भएर पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको जानकारी दिए ।