शंकर अस्पतालमा किरात राई पत्रकार संघको स्थापना दिवस « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

शंकर अस्पतालमा किरात राई पत्रकार संघको स्थापना दिवस


यलम्वर टाइम्स
१४ आश्विन २०८०, आईतवार १०:३०

अर्जुनधारा / किरात राई पत्रकार संघ झापाले शनिश्चरे बजार स्थित शंकर अस्पतालमा १६ औं स्थापना दिवस मनाएको छ ।

अस्पतालमा उपचाररत बिरामीहरुको स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गर्दै संघले स्थापना दिवस मनाएको हो ।

संघका अध्यक्ष राजन साम्पाङको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सल्लाहकार दिपीन राई, अस्पतालका प्रमुख वशिष्ठ फिजिसियन डा. सन्तोषकुमार यादव, समाज कल्याण संघका युवराज नेपाल लगायतले विरामीहरुलाई फलफूल वितरण गरेका थिए ।

फलफूल वितरणपछि डा. यादवले अस्पतालमै आएर बिरामीहरुमा हौसला प्रदान गरी फलफूल वितरण गरेकोमा कृतज्ञता ज्ञापन गरे ।

उपाध्यक्ष रविकिरण राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य दीपसन राइले गरेका थिए ।