झापाली अग्रज पत्रकार दिपीन राई फोनिज युके पत्रकारिता सम्मानबाट सम्मानित « Yalambar Times
२० असार २०८२, शुक्रबार

झापाली अग्रज पत्रकार दिपीन राई फोनिज युके पत्रकारिता सम्मानबाट सम्मानित


यलम्वर टाइम्स
१० बैशाख २०८१, सोमबार ०९:२७

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा स्थापित ‘फोनिज युके पत्रकारिता सम्मानबाट झापाली अग्रज पत्रकार दिपीन राई सम्मानित भएका छन् ।

लामो समयदेखि ग्रामिण पत्रकारिता गर्दै पहिचानको पक्षमा कलम चलाउनुको साथै सुशासन कायम गर्न उल्लेखीय भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

पत्रकार राईसँगै चितवनकी पत्रकार संगीता चेपाङलाई फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सम्मान र पुरस्कारको राशी जनही रु. २५ हजार रहेको छ ।

कार्यक्रमकी प्रमुख अतिथि तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्मानित दुवै पत्रकारलाई सम्मानपत्र र पुरस्कार प्रदान प्रदान गरेकी थिइन् ।

फोनिजका अध्यक्ष गजुरधन राईको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति महेन्द्र विष्ट, फोनिज पूर्व अध्यक्ष दण्ड गुरुङ, फोनिज युकेकी निर्वतमान अध्यक्ष गोमा राना मगर, प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेसका प्रतिनिधिहरु लगायत र सम्मानित पत्रकार राई र चेपाङले आ–आफ्नो विचार राखेका थिए ।

सोही अवसरमा सत्यनारायणबहादुर श्रेष्ठको विषयमा बहस तथा चर्चा चलाइएको थियो । फोनिजले सत्यबहादुर नारायण श्रेष्ठ नै नेपाल पत्रकार महासंघको पहिलो अध्यक्ष भएको चर्चा चलाइएको थियो ।