शनिश्चरे क्याम्पसले जलेश्वरधाममा महिनामा एक पटक सरसफाई गर्ने « Yalambar Times
१६ असार २०८२, सोमबार

शनिश्चरे क्याम्पसले जलेश्वरधाममा महिनामा एक पटक सरसफाई गर्ने


यलम्वर टाइम्स
२२ जेष्ठ २०८१, मंगलवार ०७:३८

अर्जुनधारा । शनिश्चरे बहुमुखी क्याम्पसले पूर्वकै प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा महिनामा एक पटक सरसफाई अभियान सञ्चालन गर्ने भएको छ ।

पर्यटकीय सूचीमा रहेर प्रख्यात जलेश्वरधामको गरिमालाई उच्च राख्ने बहमुखी क्याम्पसका विद्यार्थीहरुले उक्त अभियान सोमबारबाट सुरु गरेका हुन् ।

शनिश्चरे बहुमुखी क्याम्पसको सामाजिक उत्तरदायीत्व अन्तर्गत सरसफाई पर्ने भएको हुँदा व्यवस्थापन समितिका सदस्य तथा पदाधिकारी, क्याम्पस प्रमुख लगायतको उपस्थितिमा सरसफाई गरिएको थियो ।

सरसफाईपछि व्यवस्थापन समितिका अध्यक्ष हेमराज खरेल, कार्यक्रमका प्रमुख अतिथि धामका अर्चक गुरु अग्नी सिग्देल, क्याम्पस प्रमुख मोहन ओली, स्ववियू सभापति विशाल थापा लगायतले आफ्ना भनाई राखेको क्याम्पसका प्राध्यापक कृष्ण थापाले यलम्वर टाइम्सलाई जानकारी दिए ।