किरात राई यायोक्खा अर्जुनधाराको सार्वजनिक सुनुवाई सम्पन्न « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

किरात राई यायोक्खा अर्जुनधाराको सार्वजनिक सुनुवाई सम्पन्न


यलम्वर टाइम्स
२५ भाद्र २०८१, मंगलवार १०:३७

अर्जुनधारा । संस्था स्थापना भएको ३२ वर्षपछि किरात राई यायोक्खा अर्जुनधाराले सार्वजनिक सुनुवाई गरेको छ ।

संस्थाले गर्दै आएको गतिविधि बारे आफ्ना सदस्यहरुलाई जानकारी गराउँदै सल्लाह, सुझावहरु संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्षदेखि वर्तमान अध्यक्षसम्मको नामहरु उल्लेख गरिएको थियो भने संस्थाले गर्दै आएका गतिविधि र भावी योजनाहरुको विषयमा पनि छलफल गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा यायोक्खामा कति राईहरु आवद्ध छन्, कुन–कुन थरका राईहरु छन् भन्ने जानकारी गराइएको थियो ।

यायोक्खा सचिव सिंहबहादुर राईले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै बन्दै गरेको नयाँ भवनको विषयमा पनि जानकारी गराएका थिए ।

सोही समयमा भवन निर्माणका लागि उपस्थित यायोक्खा प्रेमीहरुले सहयोग पनि गरेका थिए ।

भवन निर्माणका लागि अर्जुनधारा नगर कार्यपालिका सदस्य नरेन्द्र राईले एक लाख पाँच हजार नगद सहयोग प्रदान गरेका थिए ।

त्यस्तै अर्जुनधारा वडा नं. ५ निवासी बीरबहादुर राईले नगद ११ हजार एक सय रुपैयाँ प्रदान गरेका थिए ।

सार्वजनिक सुनुवाईमा भवन निर्माणका लागि सहयोग गर्नुहुने दाताहरुलाई सम्मान पनि गरिएको अध्यक्ष विजय राईले बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष भोजबहादुर राई, सल्लाहकार क्या. शिवकुमार राई, कुसुम राई, मिश्रकुमारी राई, चन्द्रकला राई, दिपीन राई, लक्ष्मी तामाङ राई, सञ्चारकर्मी अमित खम्बू, राजन साम्पाङ लगायतले बोलेका थिए ।

यायोक्खा अध्यक्ष विजय राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सिंहबहादुर राईले गरेका थिए ।