बिर्तामोडमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

बिर्तामोडमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने


यलम्वर टाइम्स
२६ भाद्र २०८१, बुधबार ११:००

बिर्तामोड । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बुधबार माओवादी केन्द्र झापाले बिर्तामोडमा पत्रकार भेटघाट गरी प्रशिक्षणमा पार्टी अध्यक्ष आउन लागेको जानकारी दिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश)ले कार्यकर्तामा उत्साह भर्न, शहीद परिवारलाई सम्मान गर्न अध्यक्ष झापा आउन लाग्नु भएको बताए ।

अनारमनी नगरोन्मुख गाविसका पूर्व उपाध्यक्ष समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकबन्धु कन्दङवाको नेतृत्वमा करिब ४ सय जना माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको एक नेताले बताए ।

सरकारमा लामो समयपछि माओवादीले प्रतिपक्षीको भूमिका निर्वाह गरेसँगै २०८४ लाई लक्षित गरी सङ्गठन विस्तारलाई तीव्रता दिएको छ ।