बडादशैंः कुन समयमा के गर्ने ? « Yalambar Times
२ कार्तिक २०८१, शुक्रबार

बडादशैंः कुन समयमा के गर्ने ?


यलम्वर टाइम्स
२२ आश्विन २०८१, मंगलवार १२:०१

[ज्यो.आ.हेमन्त भण्डारी]

सर्वप्रथम देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनी सम्पूर्णमा २०८१ सालको विजया दशमीको मंगलमय शुभकामना । सबै सबैको मंगल होस् । दुर्गा भवानीले रक्षा गरुन् ।

शुभ साइतहरु

आदरणीय पाठक महानुभावहरु मिति २०८१ असोज २४ गते बिहीवार अक्टुवर १० को महाअष्टमी एवम् कालरात्री पूजा रहेको छ भने सोही दिन महानवमी पर्न गएको छ ।

२०८१ असोज २६ गते शनिबार तदनुसार १२ अक्टुबर २०२४ को दिन बिहान ८ः३३ बजे दुर्गा पूजाको बिसर्जन मूर्ति सेलाउने समय रहेको छ ।

यसै गरी २०८१ असोज २६ गते शनिबार टीका लगाउने र आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टीका आशिर्वाद लिने समय बिहान ११ बजेर ३५ मिनेटमा शुभ साइत रहेको छ भने लगाइदिने पश्चिम र लगाउनेले पूर्व फर्किएर विजया दशमीको टीका ग्रहण गर्नुपर्ने शुभ समय रहेको ६ ।

२०८१ असोज ३० गते कोजाग्रत पूर्णिमाको व्रतसँगै दशैं समापन हुनेछ । सम्पूर्ण म आचार्य हेमन्त भण्डारी गुरुको नमन । सबैको २०८१ सालको विजयादशमी मंगलमय बनोस् सबैमा राधे राधे ।

विजयादशमीको दिन टीका लगाउने मन्त्र

पुरुषहरुलाई

आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानश्च दुर्योधने । शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

महिलाहरुलाई

ऊँ जयन्ती मंगलाकाली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वधा नमोऽस्तुते ।।
सर्वमंगलमंगल्ये शिवे सर्वार्थसाधिके । शरण्ये त्र्यम्बके गौरी नारायणी नमोऽस्तुते ।। इति