नयाँबजारमा ४३ पसलको अनुगमन « Yalambar Times
१६ कार्तिक २०८१, शुक्रबार

नयाँबजारमा ४३ पसलको अनुगमन


यलम्वर टाइम्स
१३ कार्तिक २०८१, मंगलवार ०८:४९

नयाँबजार । चाडपर्वलाई लक्षित गर्दै माईजोगमाई गाउँपालिकाले बजार अनुगमन गरेको छ ।

चाडपर्वको समयमा कालोबजारी हुने, मिसावट सामग्री बिक्री वितरण गरिने, म्याद गुज्रेका खानका लागि अयोग्य वस्तुहरु बिक्रीका लागि राखिने हुँदा गाउँपालिकाले चासो राख्दै अनुगमन गरेको हो ।

अनुगमन समिति संयोजक प्रविना राई सहित गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, प्रहरी तथा सरोकारवालाहरु उपस्थितिमा बजार क्षेत्रका ४३ वटा पसलहरुको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा केहि पसलहरुको दर्ता नभएका, मूल्य सूची नराखिएको, म्याद नाघेका सामग्रीहरु बिक्री वितरणमा राखिएको पाइएको संयोजक राईले बताइन् । अनुगमनका क्रममा उनले नियममा रहेर व्यवसाय सञ्चालन गर्न व्यापारी व्यवसायीहरुलाई आग्रह गरेकी थिइन् ।

म्याद गुज्रिएको खाद्य सामग्रीहरु संकलन गरी डिस्पोज गरेको थियो भने पसलमा म्याद रहेका सामाग्रीहरु बिक्रीका लागि राख्ने, मूल्य सूची अनिवार्य राख्नको लागि सुझाव समेत प्रदान गरिएको थियो ।