कलिला युवतीहरु लागूऔषधमा फस्दै « Yalambar Times
२८ माघ २०८१, सोमबार

कलिला युवतीहरु लागूऔषधमा फस्दै


यलम्वर टाइम्स
१२ माघ २०८१, शनिबार १०:०२

बिर्तामोड । छिटो तरिकाबाट पैसा कमाउने ध्यानमा लाग्दा आज १८ देखि २२ उमेर समूहका युवतीहरु लागूऔषधमा फस्दै गएका छन् ।

तथ्याङ्क अनुसार तुलनात्मक रुपमा युवाभन्दा युवतीहरु बढी मात्रा लागूऔषधमा फस्दै गएका छन् । विशेष गरी झापाका विकट अवस्थामा जीवन गुजारीरहेका युवतीहरु लागूऔषध ओसारपोसारमा पक्राउ परेको देखिन्छ । त्यतिमात्र होइन कक्षाकोठा छाडेर एजेन्टका पछि लाग्दै भारतको डिगल बैंक, बतासी, खोरीबारीसम्म विद्यार्थीहरु गएको प्रहरीले जनाएको छ ।

हालै हल्दिबारी गाउँपालिका क्षेत्रको एक विद्यालयबाट विद्यार्थीहरु हराएपछि खोजी कार्य गर्दा तिनीहरु मेचीपारीका बजारमा घुम्दै गरेको र प्रहरीको सहयोगमा घर फर्काइएको थियो । लागूऔषध ओसारपोसारका एजेन्टले पैसाको लोभ देखाएपछि ती विद्यार्थी युवतीहरु त्यस क्षेत्र पुगेको बताउँछन् । तराई क्षेत्रमा मात्र होइन त्यस्तो धन्दामा युवती प्रयोग गर्ने काम पहाडी जिल्लामा पनि भएको देखिन्छ । हालै पाँचथरका दुइ युवती प्रतिबन्धि लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

फिदिम–४ कि रिदिमा बर्देवा (१९) र इन्दिरा लिम्बू (१९) लाई झापा गाउँपालिका वडा नं. १ स्थित लसुना भन्ने ठाउँमा शंका लागेर चेक गर्दा पक्राउ परेका हुन् । बढ्दो फेसन र महंगीले बढ्दै गरेको उमेरलाई आर्थिकले सताइरहेको बेला छिटो पैसा कमाउने र अभाव टार्ने काममा विशेष गरी गरिबी जीवनशैलीमा बाँचेका युवायुवतीहरु फसेका छन् । विशेष गरी हिजोआज युवालाई भन्दा युवतीलाई लागूपदार्थका एजेन्टहरुले प्रयोग गरेको पाइन्छ ।