बिर्तामोड । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमालेसँग मिलेर बनेको सरकारबाट कांग्रेसलाई क्षति पुग्दै गएको बताएका छन् ।
कार्यकर्ताहरुसँग छलफल तथा परामर्श गर्ने क्रममा झापा आइपुगेका नेता कोइरालाले यही ढंगबाट जाने हो भने पार्टीले अझ ठूलो क्षति व्यहोर्नुपर्ने दोहोर्याएका छन् ।
प्रजातन्त्र चाहने कांग्रेसले कम्युनिष्टसँग मिलेर सरकारमा जानु भनेको हास्यास्पद भएको बताउँदै पार्टीका केही सरकारमा गए पनि सिङ्गो पार्टी सरकारमा नगएको बताउँदै ०८२ चैत मसान्तसम्ममा कांग्रेसको महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखे ।
उनले पार्टी सभापति देउवालाई सबै जनवर्गिय संगठनको निर्वाचन गराएर महाधिवेशनमा चाँडो लाग्नुपर्ने बताए ।
प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला समर्थक गुटको ठूलो उपस्थिति रहेको थियो ।