राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा ५ को अध्यक्षमा अर्जुन बस्नेत « Yalambar Times
२३ चैत्र २०८१, आईतवार

राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा ५ को अध्यक्षमा अर्जुन बस्नेत


यलम्वर टाइम्स
९ चैत्र २०८१, आईतवार १३:२४

बैसाबाडी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्जुनधारा ५ नम्बर वडाको अधिवेशनले युवा व्यक्तित्व अर्जुन बस्नेतलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

अर्जुनधारा–५ बैसाबाडी स्थित दुर्गा मन्दिरको सभाहलमा सम्पन्न अधिवेशनले आगामी ४ वर्षका लागि बस्नेतलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मला अधिकारी, सचिवमा महाप्रसाद भण्डारी, सहसचिवमा एसकुमार बुढाथोकी र कोषाध्यक्षमा पुष्पराज भट्टराई निर्वाचित भएका छन् ।

यस्तै नवनिर्वाचित समितिको सदस्यहरूमा खेम रिमाल, साकार खतिवडा, बीरेन्द्र बुढाथोकी, राजकुमार चौहान, छविलाल लम्साल, ज्ञानेन्द्रबहादुर कार्की, रत्ना राजवंशी, ईश्वर पाण्डे, जीवन खड्का, टेकबहादुर गिरी, मनोहरी चम्लागाई, मनोज बोहोरा, बालकृष्ण अधिकारी, रञ्जित राजवंशी, रिजन खड्का, र सुजन राजवंशी चयन भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझा र विशिष्ट अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले माल्यार्पण गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा जिल्ला सचिव कुमार थापा, राप्रपा क्षेत्रीय उपाध्यक्ष छविलाल लम्साल, अर्जुनधारा नगर अध्यक्ष सूर्यकुमार खतिवडा, अर्जुनधारा महिला संगठन अध्यक्ष लीला प्रधान, हर्कजंग थुङगिम लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमको अवसरमा पार्टी वडा समितिले १३ ज्येष्ठ कार्यकर्तालाई सम्मान गरेको थियो । ज्येष्ठ अभिभावकहरु पार्टीको धरोहरको रुपमा रहेको भन्दै सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष बस्नेतले बताए ।

जीवनकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य ईश्वर पाण्डेले स्वागत र कार्यक्रमको सञ्चालन सदस्य राजकुमार चौहानले गरेका थिए ।