जलेश्वरधाममा १९ जोडीको सामुहिक विवाह « Yalambar Times
१२ श्रावण २०८२, आईतवार

जलेश्वरधाममा १९ जोडीको सामुहिक विवाह


यलम्वर टाइम्स
३ बैशाख २०८२, बुधबार १४:२७

अर्जुनधारा । अर्जुनधारा जलेश्वर धामले बुधबार १९ जोडीको सामुहिक विवाह गरिदिएका छन् ।

सामुहिक विवाहको प्रमुख अतिथि यसै क्षेत्रका संघीय सांसद तथा सभामुख देवराज घिमिरेले आज बाँधिएका नव जोडीलाई शुभकामना व्यक्त गर्दै मानव जीवनको सुरुवातसँगै महत्वपूर्ण दिन भएको हुँदा आउने दिन महत्वपूर्ण काममा जीवन बितोस् भनी शुभकामना दिएका थिए ।

प्रमुख अतिथि घिमिरेले यो मानव जीवनमा हुने घटना हो । यसलाई सुनौलो बनाउन तपाईहरुको हातमा छ भन्दै जलेश्वरधामको चौतर्फी विकास हुन धेरै काम बाँकी रहेको बताउँदै यसलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

धामका अध्यक्ष नविन गट्टानीको २५ औं वर्षगाठ साथै सनातनी धर्मको अगुवाईमा उक्त विवाह भएको थियो ।

आर्थिक रुपमा सवल नभएकाहरुका लागि सरलता प्रदान गर्न धामको अगुवाईमा अध्यक्ष गट्टानीले गरिदिएका थिए ।

नव दुलाह–दुलहीलाई संगीतमय कार्यक्रमले मनोरञ्जन प्रदान गरेका थिए भने थुप्रै महानुभावहरुले आशिर्वादसँगै गर्दुवा प्रदान गरेका थिए ।

केही सनातनी पद्धती र केही आफ्नै रीतिरिवाजबाट नव दुलाह–दुलहीलाई लगानगाँठोमा जुराएको धामका मुल अर्चक अग्नी सिग्देलले बताए ।

धाम अध्यक्ष नविन गट्टानी लगायत कार्य समितिको उपस्थितिमा भएको विवाह कार्यक्रमको सञ्चालन कृष्ण पौडेलले गरेका थिए ।