एक दिवसीय फुटसल प्रतियोगिताको उपाधि प्याव्सन अर्जुनधारालाई « Yalambar Times
१३ बैशाख २०८२, शनिबार

एक दिवसीय फुटसल प्रतियोगिताको उपाधि प्याव्सन अर्जुनधारालाई


यलम्वर टाइम्स
१२ बैशाख २०८२, शुक्रबार २०:०८

अर्जुनधारा । निजामति कर्मचारी संगठन अर्जुनधाराको आयोजनामा सम्पन्न एक दिवसीय फुटसल प्रतियोगिताको उपाधि प्याव्सन अर्जुनधाराले जितेको छ ।

प्रतियोगिताको फाइनल खेलमा अर्जुनधारा प्रेस क्लबलाई हराउँदै प्याव्सनले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधि जितेसँगै प्याव्सनले नगद रु ५ हजारसहित मेडल, ट्रफि र प्रमाणपत्र पाएको छ भने उता उपविजेतामा चित्त बुझाएको अर्जुनधारा प्रेस क्लबले नगद तीन हजारसहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र पायो ।

भावनात्मक सम्बन्ध साथै भाईचारा एकता कायम गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको संगठनले जनाएको छ ।

यो प्रतियोगिता भन्दा पनि नगरमा रहेका शिक्षक, कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीहरु बीच परस्पर सम्बन्ध कायम होस् भन्ने हेतुले आयोजना गरिएको संगठनका अध्यक्ष त्रिविक्रम पोखरेल बताए ।

प्रतियोगितालाई सम्पन्न गर्न गमस्ता स्पोर्टस हब अर्जुनधारा–६, एग्रो फ्रुट अर्जुनधारा–५ र मनकामना फ्रुट एण्ड वेभरेज अर्जुनधारा–५ ले सहयोग गरेको थियो ।

संगठनका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि संगठनका जिल्ला अध्यक्ष हिरण्य न्यौपानेले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा शिक्षक महासंघ अर्जुनधारा, अर्जुनधारा कर्मचारीको २ वटा टिम, जनप्रतिनिधि, प्याव्सन अर्जुनधारा र अर्जुनधारा प्रेस क्लब गरी ६ वटा टिमको सहभागिता रहेको थियो ।

कर्मचारी संगठनका सचिव हरिप्रसाद रिजालले सञ्चालन गरेको कार्यक्रममा स्वागत वडा नं. १० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेले गरेका थिए ।