धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।
उनले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका थिए ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको बताए ।
उनी हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । अनलाईन खबरबाट