अर्जुनधारा । राजमार्ग उत्तरी क्षेत्रको प्रतिष्ठित बन्दै गरेको शनिश्चरे बहुमुखी क्याम्पसलाई भौतिक पूर्वाधार चाडो र राम्रो बन्न सके परीक्षा केन्द्र स्थापना गर्न सकिने प्रदेश नं. १ कोशीका सहायक परीक्षा नियन्त्रक प्रमुख गोविन्द गुरागाईंले बताए ।
अनुसन्धानमुलक तीन दिने कार्यशाला गोष्ठीको समापनका क्रममा प्रमुख अतिथि समेत रहेका गुरागाईंले क्याम्पसको स्टक्चरप्रति प्रशंसा गर्दै भौगोलिक क्षेत्र र चर्चित स्थल अर्जुनधारा रहेको हुँदा क्याम्पसको भविश्य उच्च रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा तीन दिनसम्म सहजता प्रदान गर्नुहुने प्रा.डा. विष्णु पाठक, उपप्राध्यापक रुद्रबहादुर थापा, बहुमुखी क्याम्पसका प्रमुख मोहन ओलीलाई कलेजले प्रशंसाप्रत्र प्रदान गर्दै यस्तो कार्यमा सहयोग गर्न क्याम्पस सञ्चालन समितिले अनुरोध गरेका थिए ।
तालिममा इन्द्रचन्द्र क्याम्पस, सीतारमेश क्याम्पस र शनिश्चरे बहुमुखी क्याम्पस, विद्यार्थी लगायत ४० जनाको सहभागिता रहेको थियो ।
सहभागि मध्ये सीतारमेश क्याम्पसबाट सहभागि प्राध्यापक बसन्त भट्टराई, शनिश्चरे बहमुखी क्याम्पसका प्राध्यापक भगवती पोखरेलले तालिम फलदायी भएको प्रतिक्रिया दिए ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष हेमराज खरेलको सभापतित्वमा भएको कार्यक्रममा स्रोत व्यवस्थापन समितिका संयोजक गीताकुमारी राईले प्राप्त ज्ञानलाई विद्यार्थीमाझ प्रस्तुत गर्न र कलेजलाई अब्बल बनाउन टेवा पुग्ने बताइन् ।
क्याम्पस सहायक प्रमुख कृष्ण थापाले सञ्चालन गरेको कार्यक्रममा सञ्चालन समितिका सदस्यहरु लभकुश गिरी, दिपीन राई, महेश ढकाल लगायतको आतिथ्य रहेको थियो ।