जंगली हात्तीको आक्रमणमा परी एक घाइते « Yalambar Times
५ असार २०८२, बिहीबार

जंगली हात्तीको आक्रमणमा परी एक घाइते


यलम्वर टाइम्स
५ असार २०८२, बिहीबार १७:४२

भद्रपुर । भद्रपुरमा जंगली हात्तीको आक्रमणमा परी एक व्यक्ति घाइते भएका छन् ।

बुधबार साँझ ७:४५ बजेको समयमा जंगली हात्तीले आक्रमण गर्दा भद्रपुर–१० फुलबारीका २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् ।

काम गरेर फर्कने क्रममा जंगली हात्तीले सोरनलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको थियो ।

घाइते सोरेनलाई प्रादेशिक अस्पताल भद्रपुरमा ल्याएर उपचार भईरहेको र उपचारमा उनकै हजुरबुबा संलग्न रहेका छन् । सोरेनको अवस्था बोल्न सक्ने मध्यम रहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।