साहित्यकार वनेमको ‘सम्बोधन नेप्टीलाई’ खण्डकाव्य विमोचन « Yalambar Times
८ असार २०८२, आईतवार

साहित्यकार वनेमको ‘सम्बोधन नेप्टीलाई’ खण्डकाव्य विमोचन


यलम्वर टाइम्स
८ असार २०८२, आईतवार १७:१८

बिर्तामोड । लेखक तथा साहित्यकार देशु वनेमको पाँचौ कृति ‘सम्बोधन नेप्टीलाई’ खण्डकाव्य विमोचन गरिएको छ ।

बिर्तामोड स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा एक कार्यक्रमका बीच उक्त कृतिको विमोचन गरिएको हो ।

कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि आख्यनकार कुमार भट्टराई, प्राज्ञ मुनाराज शेर्मा, गीतकार शिवशंकर थापा मगर, साहित्यकारहरु केशव आचार्य, पुण्यप्रसाद खरेल, लीला अनमोल लगायतले संयुक्त रुपमा गरेका थिए ।

किरात मुन्दुम प्रतिष्ठानको आयोजना तथा यलम्वर टाइम्सको सहआयोजनामा सम्पन्न कार्यक्रममा कृतिका बारेमा साहित्यकार केशव आचार्य, पुण्यप्रसाद खरेल र लीला अनमोलले प्रकाश पारेका थिए ।

उनीहरुले ठेट नेपाली भाषाको प्रयोग गर्दै कृति प्रकाशनमा ल्याएको भन्दै कवि वनेमको प्रशंसा गरेका थिए ।

वक्ताहरुले मुख्यरुपमा नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, राजनीतिक विसंगतिलाई काव्यका रुपमा अभिव्यक्त गरिएको र हराउँदै गएको शब्दावलीको प्रयोगले कृति मार्मिक तथा पठनीय रहेको बताएका छन् ।

साहित्यकार वनेमका ‘अशान्ति’ उपन्यास र तीन वटा कविता संग्रहहरु ‘उज्यालोतिर’, ‘देशुका दुःखाइहरु’ र ‘फेरि अर्को एकलव्यको अवसान’ यसअघि नै प्रकाशित भइसकेका छन् ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ मुनाराज शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य अभागी थेगुवाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चलन प्रतिष्ठानका सामसुहाङ पन्धाकले गरेका थिए ।

कार्यक्रममा श्रष्टाहरु भवानी क्षेत्री, जय आचार्य, नेहाङ किराती, विराट किराती लगायतले कवि वनेमका कविता वाचन गरेका थिए ।