अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले ‘हाम्रो अर्जुनधारा’ नामक स्थानीय पाठ्यक्रम पठनपाठनका लागि वितरण गरेको छ ।
अर्जुनधारा नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच कक्षा ६, ७ र ८ लागि अर्जुनधारा नगरपालिकाले प्रकाशनमा ल्याएको उक्त पुस्तक विद्यालयका प्रतिनिधिहरुलाई वितरण गरिएको हो ।
संविधानमै प्रावधान भए बमोजिम स्थानीय संस्कार, संस्कृतिसँगै नगरको भौगोलिक अवस्थाबारे विद्यार्थीहरुलाई जानकारी गराउन स्थानीय पाठ्यक्रम प्रकाशनमा ल्याइएको नगर प्रमुख बलदेवसिंह गोम्देनले बताए ।
प्रमुख गोम्देनले पाठ्यक्रम बनाएर मात्र नहुने बताउँदै त्यसलाई प्रयोगमा ल्याउनु पर्ने बताए । उनले पाठ्यक्रम प्रयोगमा ल्याउन चुनौतिपूर्ण भए पनि गुरुहरुको मिहेनतबाट सार्थक हुनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा स्थानीय पाठ्यक्रम विकास समितिका संयोजक बद्रीप्रसाद ओलीले नगरका बारेमा जानकारी दिने उद्देश्यसहित मिहेनत साथ पुस्तक प्रकाशन गरिएको सुनाए ।
पाठ्यक्रम विका समितिमा संयोजक ओलीसहित सदस्यहरुमा सूर्यप्रसाद सापकोटा, तेजस्वी पौडेल, चन्द्र खत्री, गान्धारी मिश्र, राजेश आचार्य र चुडामणि निरौला रहेका छन् ।
यस्तै लेखन तथा सम्पादनमा सूर्यप्रसाद सापकोटा, तेजस्वी पौडेल, लक्ष्मीप्रसाद रिजाल, बसन्त भट्टराई, रुद्र खतिवडा, रेखा उपाध्याय तिम्सिना, हरिनारायण भट्टराई र ताराप्रसाद नेपाल रहेका छन् ।
नगर प्रमुख गोम्देनको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमाल, अर्जुनधारा नगरपालिकाभित्रका विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन भने प्रशासन शाखाका अधिकृत चुडामणि निरौलाले गरेका थिए ।