झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज शुक्रबार प्रकाशित हुने भएको छ ।
आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०८१ मा सञ्चालित एसईईको नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक गर्ने तयारी भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ’, शर्माले भने ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।