अर्जुनधारा । पहाड चढ्दै गरेको एक बटुवा एक्कासी पहिरोले थिचेपछि त्यो परिवारको अवस्था कस्तो भयो होला ? आज अभावलाई टार्दै उकालो चढेका रीता चौधरी (४१) लाई पहिरोले थिचेको जस्तै भएको छ ।
सामान्य परिवार मिहेनत गरेर छोराछोरी पढाउँदै आर्थिक अभावलाई टार्नका लागि वैदेशिक रोजगारमा पुगेका झापा अर्जुनधारा–८ निवासी वर्ष ४१ का रामेश्वर चौधरीको विदमानै दुवै मिर्गौला काम नलाग्ने भएर फर्केपछि उनका श्रीमती रीतालाई पहिरोले थिचेको महशुस भएको छ ।
चौधरी अभावै अभावमा हुर्केका आदिवासी युवा हुन् । आजभन्दा १९ महिना (३९ वर्षको उमेरमा) विदेशिएका थिए । फ्रि भिसा, फ्रि टिकट भनेर पुकार मेनपावरले उनको पासपोर्ट लगे पनि अञ्जली मेनपावरमार्फत दुवइ पुगेका थिए ।
कामको लागि सरल भए पनि बढी परिश्रम गर्नुपर्ने बाध्यता थियो । तर पनि कुनै परवाह नराखी मिहेनत गरेरै बस्दै आएका थिए । एक्कासी हात खुट्टा सुन्निएर ज्वरो आएपछि अस्पताल भर्ना हुँदा दुवै मिर्गौला गुमेको खबर थाहा पाएपछि उनको एक प्राण त्यही गुमेको थियो ।
फ्रि भिसाको नाममा करिब ३ लाख तिरेर दुवइ उढेका चौधरीले न त साहुको ऋण चुक्ता गर्न भ्याए, न त भनेको जस्तो तलब भेटे । उल्टै दुवै मिर्गौला गुमाएर जिन्दगीभरी थलिनु पर्दा आफू उपचारको लागि आर्थिक सहयोग माग गरिरहेका छन् ।
छोरा देव चौधरी कक्षा १० मा पढ्छन् भने छोरी निशा कक्षा १२ मा पढ्छिन् । जग्गा जमिनको कुरा गर्दा १० धुरमा घर बनाएर बसेका छन् ।
वैदेशिक रोजगार पठाउँदा लिएको ऋण अझै पनि तिर्न सकिरहेको छैनौं श्रीमती रीता चौधरी गहभरी आसु झार्दै भक्कानिन्छिन् ।
श्रीमान विदेश हुँदा रीता स्थानीय फर्निचरमा हेल्परको काम गर्दै आएका थिइन् । तर विदेशबाट श्रीमानको यस्तो हालत भएर आएपछि अहिले चौधरी परिवारमा पहिरोले थिचे जस्तै भएको छिमेकी कुन्दन चौधरीले बताए ।
राज्यबाट मिर्गौला पीडितलाई सहयोग हुन्छ भनेको सुनेको थिए तर कसरी सहयोग माग्नु भन्दै वडा नं. ८ मा पुग्दा पहिलो पटक रु ७ हजार वडाध्यक्ष कुमार उप्रेतीले दिएको सुनाइन् ।
अहिले पेटबाट डाइलोसिस गर्दै हुनुहुन्छ । हातबाट (फिस्टुला) बनाउने समेत पैसा नभएपछि मनकारीहसँग सहयोगको आशा लिनु बाहेक अरु विकल्प नभएको रीताले बताइन् ।
रामेश्वरका बुबा बाटुला चौधरी पनि मिर्गौला पीडित छन् । तीन भाइ मध्येका जेठा छोरा रामेश्वर भन्छन्, ‘मेरो उपचारमा सहयोग गरिदिनुहोस् कम्तिमा छोराछोरीको विवाह दान हेर्न पाउँ ।’
‘बिरामी भएको दुइ महिना भयो । दिउँसो काम गर्छु, साँझ बिहान श्रीमानको सेवा गर्छु । यसै बेला बैंक र साहुको ऋण तिर्ने समय छ । श्रीमानको उपचारमा खटौं कि साहुलाई थमथमाउ दिनरात हैरान छु’, रीता भन्छिन् ।
उनी यस मिडियाबाट भन्छिन्, ‘तत्काल शरीर परीक्षण गर्ने र फिस्टुला बनाउने रकम जुट्यो भने मेरो श्रीमान रामेश्वर केही वर्ष बाँच्थ्यो होला ।’
कलकलाउँदो उमेरमै यसरी शरीरको अंगहरु बिग्रदै जानु राम्रो होइन तर मेरो दुवै मिर्गौला बिग्रीयो तपाईको भावनात्मक सहयोगी मन भए एनआईसी बैंकको खाता नं. २०४५७५३३५४११३०० मा सहयोग गरिदिनुहुन अनुरोध छ, पीडित रामेश्वर चौधरी भन्छन् ।