तपाईको यो साता (२०८२ असार २१ गते शनिबार) « Yalambar Times
२१ असार २०८२, शनिबार

तपाईको यो साता (२०८२ असार २१ गते शनिबार)


यलम्वर टाइम्स
२१ असार २०८२, शनिबार ०६:२७

मेषः यो साता समय एकदम शुभ रहेको छ । नयाँ कार्यको थालनी, धन लाभ, सत्रु पराजय हुनेछन् । दुर्गम स्थानको भ्रमण, धार्मिक स्थल भ्रमण, व्यापार वृद्धि, स्वास्थ्य लाभ, आफन्तको साथ सहयोग प्राप्त हुनेछ । शुभ रंग रातो र अंक १, ३ ।

वृषः समय लाभदायक रहेको छ । अध्ययन अध्यापनको कार्य सफल छ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । बहान सुख प्राप्ति, यात्रा सफल, सत्रुबाट भय रहनेछ । झैझगडाबाट टाढा रहनुहोला । कृषिबाट लाभ हुनेछ । शुभ रंग सेतो र अंक ४, ९ ।

मिथुनः समय शुभकारक रहेको छ । आफूले सोचेको काम पुरा हुनेछ । नयाँ कामको थालनी । वस्त्र, आभूषण आदिको व्यापारमा लाभ स्वास्थ्यमा सावधान रहनुहोला । खर्च बढ्ने छ । आफन्तको साथ प्राप्त हुनेछ । शुभ रंग हरियो र अंक ३, ६ ।

कर्कटः समय बलवान रहेको छ । आकस्मिक धन लाभ, यात्रा सफल, देश–विदेश भ्रमणको योग रहेको छ । मानसिक तनाव, पापकर्ममा मन लाग्ने योग छ । व्यवासय, नोकरीमा पदोन्नति, शिक्षा क्षेत्रमा उन्नति हुने छ । शुभ रंग सेतो र अंक २ ।

सिंहः समय मिश्रित रहेको छ । शनि अढैयाका कारण चिन्ता, आफन्तको सहयोग, कार्य क्षेत्रमा मन लाग्नेछ । मनोरञ्जनका साथ दिन बित्नेछ । व्यापारमा लगानी गर्ने समय रहेको छ । स्थान परिवर्तनको योग रहेको छ । शुभ रंग रातो र अंक ७ ।

कन्याः समय अत्यन्तै शुभ रहेको छ । यात्रा नयाँ स्थानको भ्रमण हुनेछ । स्वास्थ्यमा लाभ, सत्रु पराजय हुनेछन् । पेशागत झमेला हुने सम्भावना देखिन्छ । व्यापारमा वृद्धि हुने, नजिकै आफन्तको नयाँ गृह निर्माणमा साथ दिनुपर्नेछ । शुभ रंग पहेलो र अंक २ ।

तुलाः समय एकदमै शुभ कारक रहेको छ । ऐश्वर्यमा वृद्धि, नयाँ खुसीको खबरले मनमा प्रशन्नता दनेछ । आफन्तजनबाट सहयोग प्राप्ति हुनेछ । किराना, कस्मेटिक व्यापारबाट लाभ हुनेछ । वैदेशिक यात्रा सफल, गुप्त सत्रु बढ्नेछन् । शुभ रंग सेतो, गुलाबी र अंक ९ ।

वृश्चिकः समय राम्रो रहेको छ । पदोन्नति, आर्थिक लाभ, वैदेशिक यात्रा सफल, मनमा हर्ष प्रसन्नता रहनेछ । खानपानमा सावधान रहनुहोला । सामाजिक कार्यमा मन लाग्नेछ । पुरानो वादविवादको अन्त्य हुनेछ । पैतृक सम्पत्ति प्राप्तिको योग छ । शुभ रंग रातो र अंक ३ ।

धनुः समय उत्तम रहेको छ । आम्दानीमा वृद्धि, आर्थिक संकट समाप्त हुनेछ । ऋण मुक्ति, वाणीमा संयम राख्नुहोला । सफलतापूर्वक यात्रा हुनेछ । सन्तान सुख प्राप्ति रहनेछ । शनि अढैयाका कारण चोटपटक लाग्ने सम्भावना प्रवल छ । शुभ रंग पहेलो र अंक ४ ।

मकरः समय शुभकारक रहेको छ । भाग्येश शनि बलवान छन् । फलाम, गाडी, घोडा, बहान आदिबाट लाभ हुनेछ । पद प्रतिष्ठामा वृद्धि, सेवाको कामबाट मनमा शान्ति मिल्नेछ । आफन्तबाट झमेला, धोका होला । पुरानो ऋण मुक्ति होला । शुभ रंग कालो र अंक २ ।

कुम्भः समय एकदम लाभदायक रहेको छ । योजना अनुसारको कार्य सम्पन्न हुनेछ । व्यवसायिक क्षेत्रमा लाभ प्राप्ति । नेतृत्व शक्तिमा वृद्धि । ठूलठूला कार्ययोजना सफल हुनेछ । सत्रु पराजय, व्यापारमा लगानी, वादविवाद नगर्नुहोस् । शुभ रंग निलो र अंक ३ ।

मीनः समय शुभ रहेको छ । इष्टमित्रहरुको साथ सहयोग प्राप्ति । पारिवारिक समस्याको हल हुनेछ । मान सम्मानमा वृद्धि, सुनचाँदीको व्यापार बड्ने छ । पुरानो मुद्दामामिलामा विजय प्राप्त हुनेछ । स्थानान्तरण हुनेछ । शुभ रंग सेतो, पहेंलो र अंक ९, ५ ।