बिर्तामोड । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ प्रकाशन पूर्व अर्धवार्षिक समिक्षा’ सम्पन्न गरेको छ ।
समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीले झापामा संकलन गरिएका मानव अधिकार उल्लघंन ज्यादतीका घटनाहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
इन्सेक जिल्ला प्रतिनिधि नरेश खातीले विगत छ महिनामा संकलन गरेको (सन् २०२५ को जनवरीदेखि जुनसम्मको) मानवअधिकार उल्लघंनका घटनाहरुको आधारमा समीक्षा गरिएको थियो । जसमा ३४ वटा घटनामा ३४ जना पीडित भएको उल्लेख गरिएको छ ।
सन् २०२५ जनवरी १ देखि जुनसम्मको अवधिमा इन्सेकले अभिलेखीकरण गरेका ३४ ओटा मानव अधिकारजन्य घटनामा ३४ जना पीडित भएका छन् ।
जसमा हत्या १, बलात्कार १८, बलात्कार प्रयास २, बालयौन दुरुपयोग ५, कारागारमा मृत्यु १, बहुविवाह ५, कुटपिट २ ओटा रहेका छन् ।
इन्सेकका झापा प्रतिनिधि नरेश खातीले प्रस्तुत गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा छलफलका लागि तयार पारिएको प्रतिवेदनमा इन्सेकले संकलन गरेको अभिलेखमा ३४ वटा घटनामा ३४ जना पीडित भएको उल्लेख छ ।
कार्यक्रममा प्रमुख अथिति झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले इन्सेकले मानवअधिकार वर्ष पुस्तक तयार गर्नु मात्रै पनि महत्वपूर्ण उपलब्धी भएको बताए ।
प्रमुख जिल्ला अधिकारीले, मानवअधिकार वर्ष पुस्तक प्रकाशनले राज्यका निकायहरु सचेत हुने भन्दै इन्सेकलाई धन्यवाद दिए । झापामा मानवअधिकारका विषयमा तीन÷तीन महिनामा समीक्षा गर्न तयार रहेको बताए ।
जिल्ला प्रहरी कार्यालयका झापाका प्रमुख एसपी राजन लिम्बूले प्रहरीमा पनि मानव अधिकार सेल रहेको मानव अधिकार सम्बन्धि नियमित प्रशिक्षण हुने गरेको बताए ।
प्रहरी हिरासतमा कुटपिट हुनु हँुदैन । भए नभएको प्रहरीले कडा निगरानी गर्ने उनले बताए ।
सशस्त्र प्रहरी बल गण नं. २ झापाका प्रमुख एसपी तुलबहदुर भण्डारीले सशस्त्र प्रहरी बल सधैव मानव अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले मानव अधिकार सम्बन्धि समिक्षा प्रत्येक तीन÷तीन महिनामा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पण्डवलाल चौधरी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार, गोर्खा फाउण्डेसन झापाका अध्यक्ष विरु दर्नाल, ए.बी.सी. नेपालकी अध्यक्ष कंचना ढकाल, मानव अधिकार संजाल झापाका सदस्य यज्ञराज कडरिया लगायतले जिज्ञासा राखेका थिए ।
मानव अधिकार संजालका अध्यक्ष तथा कार्यक्रम अध्यक्ष डा.रुपक खनालले इन्सेकले समग्रमा झापा जिल्लामा मानव अधिकारको अवस्था कस्तो छ भन्ने सन्दर्भमा राज्यलाई ध्यानाकर्षण गर्न समिक्षा महत्वपूर्ण रहेका बताए ।