विद्यार्थीहरुलाई उत्प्रेरणा भर्न याङजोङ अर्जुनधारामा « Yalambar Times
२२ श्रावण २०८२, बुधबार

विद्यार्थीहरुलाई उत्प्रेरणा भर्न याङजोङ अर्जुनधारामा


यलम्वर टाइम्स
२२ श्रावण २०८२, बुधबार १८:४६

अर्जुनधारा । विद्यार्थीहरुका प्रेरणा शैक्षिक अभियान्ता याङजोङ शेर्पाले असफल सफलताको बाटो हुने बताएकी छिन् ।

झापाको अर्जुनधारामा कक्षा १० का विद्यार्थीहरुमाझ आफ्नो अनुभव सुनाउँदै असफल मान्छेले प्राप्त गर्ने अंक नभई उठ्न सक्ने खुड्कीलो भएको बताइन् ।

आज संसारका ठूलठूला मान्छे असफलतासँग लड्दै भिड्दै उच्च स्थानमा पुगेका छन् । मिहेनतसँगै समयलाई पहिचान गर्दै अगाडि बढ्यो भने सक्षम र क्षमतावान मानिस भएर बाँच्न सकिने बताइन् ।

अभियान्ता शेर्पाले आफू नेपालको सीमाना तिब्बतसँग जोडिएको विकट क्षेत्रमा घुमनाम जन्मेको छोरी, गरिब र खानलगाउन नसकिरहेको बेला आमाले कान्छी छोरीको रुपमा जन्म दिएर स्वर्गारोहण भएको परिवार ५ छोराछोरी मध्ये तेह्रथुम फुपुको घरमा पढ्दै आज यहाँसम्म आउँदा राज्यले पत्याएर ठूलठूला पदवी दिनुभएको छ ।

म २०४४ साले, यति सानो मान्छेलाई ठूलो ओहोदामा राखेर प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा र प्रचण्डले सरकारले उत्प्रेरणा दिएको हुँदा आज म तपाईहरुसँग आइपुगेको छु ।

विशेषत कक्षा १० मा अध्ययनरत विद्यार्थीको अभिभावक बनेर आइपुगेको हुँदा निरास नभई अगाडि बढ्न अनुरोध गर्दछु ।

शेर्पाले डिजिटल प्रविधिसँगै विद्यार्थीलाई कक्षा १० को नतिजा र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले एम्बीसन गुरु नामक एप्समार्फत अनलाइन कक्षा पढाउँदै आएको समेत जानकारी दिइन् ।

मोटिभेशन गर्ने क्षमता शेर्पाको भएको कारण उनले सफलताको बाटो बारे दर्शाउदा विद्यार्थीहरु मन्त्रमुग्ध भएका थिए ।

मेयरसँग कक्षा १० अध्ययनरत विद्यार्थी कार्यक्रम अन्तर्गत भएको अन्तरक्रियामा अर्जुनधाराका निजी तथा सामुदायिक गरी २३ विद्यालयका विद्यार्थीहरुसँग साक्षत्कार भएको थियो ।

आज अन्तिम अर्जुनधाराको भानु माविमा भएको कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन, सामाजिक विकास संयोजक भोला परियार, बोर्ड सदस्य चन्द्रमाया तामाङ, वडा नं. ५ का वडाध्यक्ष गीताराज खड्का, वडा नं. ६का हरिशचन्द्र बास्तोला, प्राचार्य रुपक दाहाल, प्रोजेक्ट म्यानेजर दिपक पौड्याल, तेजस्वी पौडेल लगायको उपस्थिति थियो ।