सकियो सायाबुङको छायाङ्कन « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

सकियो सायाबुङको छायाङ्कन


यलम्वर टाइम्स
१२ बैशाख २०७४, मंगलवार ११:३१

sayabung photo 1पाँचथर / किरात राई संस्कृतिमा आधारित चलचित्र सायाबुङको छायाङ्कन सम्पन्न भएको छ ।

वैशाख पहिलो हप्ता फिदिमबाट सुरु भएको चलचित्रलाई पाँचथरको सिदिन, फालोट, नेपाल–भारत सिमावर्ती सन्दकपुर जस्ता रमणीय स्थलहरुमा छायाङ्कन गरिएको निर्देशक भगिराज राईले बताए ।

प्रेमकथामा आधारित ‘सायाबुङ’ (शिरफूल) मा किरात राईहरुको जीवन पद्धती र संस्कृतिलाई देखाउँने कोशिस गरिएको निर्देशक राईको भनाई छ । ‘त्यसैले चलचित्रले संस्कृति संरक्षणको सन्देश पनि दिनेछ’ राईले भने । इष्ट काष्ट क्रिएशन प्रा.लि.का लागि साया सम्झना राईको कथा र निर्माण रहेको सायाबुङको साहित्यकार सगुन सुसारा राईले भाषा सम्पादन गरेका छन् ।

चलचित्र १५ लाखको अनुमानित लागतमा निर्माण भइरहेको निर्माण पक्षले जनाएको छ । आगामी दशैं–तिहारको पूर्व सन्ध्यामा रिलिज गर्ने गरी काम अगाडि बढाइएको चलचित्रमा देवजंग थापाको छायाङ्कन रहेको छ ।

‘सायाबुङ’ मा मदन दुमी, निशा राई, साया सम्झना राई र सौजन सुब्बाको मूख्य भूमिका रहेको छ ।