नमूना बन्दैछ ऋद्धिसिद्धी सहकारी « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

नमूना बन्दैछ ऋद्धिसिद्धी सहकारी


यलम्वर टाइम्स
२६ भाद्र २०७४, सोमबार १०:२५

अर्जुनधारा ।

सहकारी अभियान्ता टंक बरालले महिलाहरुद्वारा सञ्चालित ऋद्धिसिद्धी महिला कृषि सहकारी अर्जुनधारा क्षेत्रको लागि उदाहरणीय सहकारी बन्दै आएको बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका बरालले थोरै पुँजीबाट महिलाहरु मत्र मिली विभिन्न क्षेत्रमा काम गर्दै आफ्नो भवन बनाउने योजनामा जुटेको हुँदा उदाहरणीय महिला सहकारी हुँदै आएको बताए । उनले अध्यक्षको प्रतिवेदनमाथि प्रशंसा गर्दै सरल र चुस्त ढंगबाट चलेको र शेयर सदस्यहरु माझ आत्मा सम्मानको भावहरु बढाएको, चेतनामुलक कामहरु गर्दै आर्थिक समृद्धिको पाटाहरुमा अगाडि बढेको हुँदा जिल्ला सहकारी संस्थाले यसको प्रगतिमा अझ सहयोग गर्ने समेत बताए ।

प्रमुख अतिथि बरालले शुभकामना दिँदै अगाडि भने –‘नवौं साधारणसभासँगसँगै नयाँ कार्य समिति गठन गर्ने दिन भएको हुँदा सहकारीलाई बुझ्न सक्ने योग्य कार्यसमिति बनोस् ।’

कार्यक्रममा श्रद्धा सहकारीका अध्यक्ष प्रेमसागर सापकोटा, सल्लाहकार समाजसेवी चतुर्भुज काफ्ले, जलेश्वर बहुउद्देश्यीयका दिलीप गुरुङ, प्रज्वला अपाङ्ग सहकारीकी इन्दिरा दाहाल, जिल्ला सहकारी सदस्य तुलसा कुँवर, क्षेत्रीय सहकारी सचिव कृष्ण चापागाईं, पत्रकार दिपीन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष कुसुम राईको सभापतित्वमा भएको कार्यक्रममा सहकारीसँग आवद्ध विभिन्न व्यक्तिहरुलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका थिए भने असल बचतकर्ता मीनाकुमारी धिमाल, असल ऋणि रामप्रसाद भट्टराई, एसईई परीक्षामा उत्कृष्ट शेयर सदस्यका आकृति खड्का, सृजना बुढाथोकी, ज्येष्ठ सदस्य पार्वती भण्डारी, कृष्णमाया राई, इन्द्रमाया दाहाल र स्थानीय तह निर्वाचनमा नवनिर्वाचित सल्लाहकार देवकुमार राईलाई प्रमुख अतिथि टंक बराल र विशिष्ट अतिथि तुलसा कुँवरले सम्मानपत्र, नगद र मायाँको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा आन्तरिक लेखा प्रतिवेदन पार्वती माङ्मुले वाचन गरेकी थिइन् भने स्वागत किरण कटुवाल र सञ्चालन प्रबन्धक चन्द्रकला राईले गरेकी थिइन् ।