दशैंमा पनि मेची नेत्रालयको भरपुर सेवा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

दशैंमा पनि मेची नेत्रालयको भरपुर सेवा


यलम्वर टाइम्स
२१ आश्विन २०७४, शनिबार ०३:०४

काँकरभिट्टा ।

न बन्द हड्तालले रोकिन्छ, न दशैं तिहारले नै । यो वर्षको दशैंमा पनि मेची नेत्रालयले बाहिरबाट आउने आँखाका रोगीहरुको लागि दशैं बिदा नभनी भरपुर सेवा प्रदान गरेको छ ।

‘नेपालमा डाक्टरहरुको आन्दोलन छ भनेर आसामै त सुनेको थिएँ, डराई डराई आँखा उपचार गर्न आएँ तर मेची नेत्रालयमा न बन्द हड्ताल थियो न दशैंको बिदा नै’ –भगवती क्षेत्री (७५)ले भनिन् । उनी मेची नेत्रालयमा छिर्ने बित्तिकै घरैमा आएर उपचार गरेको महशुस गरिन् ।

फुलपातीका दिन आएर दुई दिनपछि घर फर्किन् । घरमा काम गर्दा काठको चोके पसेर पुरै आँखा ड्यामेज भए जस्तो थियो । उपचारको दुई दिनपछि पूर्ण देख्ने भएको क्षेत्रीले बताइन् । उनीमात्र होइन, पोकापाडाबाट उपचार गर्न आएको हसिना पनि दशैंको बेलामा सेवा पाएको हुँदा औधि खुशी भइन् ।

हुन त फलोअपको लागि यसरी आउनेहरुले कालो अनुहार बनाएर फर्किने स्थिति नभएको लुक्सानबाट आएका हरिबहादुर कामीले प्रतिक्रिया दिए । सस्तो र सरल ढंगबाट उपचार गरिने एक मात्र गन्तव्य थलो मेची नेत्रालय भएको बिरामीहरु बताउँछन् ।

नेत्रालयका मेडिकल डाइरेक्टर तथा प्रमुख डाक्टर शरदचन्द्र प्रकाश राईले पनि मेची नेत्रालय मैत्री अस्पताल भएको हुँदा यहाँ कार्यरत सबै स्टार्फहरु रोगीप्रति समर्पित भएर काम गर्नुपर्छ भन्ने हामीले मान्यता राखेका छौं र गर्दै पनि आउनुभएको छ ।

डाक्टर राईका अनुसार कुनै पनि पर्वले सेवामा छेक्दैन । टाढा टाढाबाट आउने बिरामीहरुको लागि यो मेची नेत्रालय आफ्नै सम्झेर आउँदा फरक नपर्ने प्रतिक्रिया दिए ।

आँखाका बिरामीहरुलाई सस्तोमा उपचार गराई दिन्छु भन्दै भिड्ने केही व्यक्तिहरुले दुःख दिएको हामीले सुन्दै आएका छौं । त्यस्ताबाट होसियार रहन डाक्टर राईले आग्रह गरे ।