दिक्षा बनिन् स्वस्तिका आईडल « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

दिक्षा बनिन् स्वस्तिका आईडल


यलम्वर टाइम्स
३० कार्तिक २०७४, बिहीबार १०:१२

अर्जुनधारा । नृत्य क्षेत्रमा अबल्ल स्थान अंगाल्न खोज्दै आएको स्वस्तिका शिशु सदनमा बिहीबार भएको स्कुल डान्स च्याम्प अन्तर्गतको स्वस्तिका आईडलमा दिक्षा मगर प्रथम हुन सफल भएकी छिन् ।

ड्रिम्स इभेन्ट म्यानेजमेन्टको आयोजना र झापा जिल्ला नृत्य संघको सहयोगमा भएको नृत्य प्रतियोगितामा दिक्षाले ८ प्रतिस्पर्धीलाई पछि पार्दै स्वस्तिका आईडल हुन सफल हुन पुगेकी हुन् ।

तामाङ जातिको पहिरनमा स्टेजमा उत्रिएकी दिक्षाले तामाङ भाकाको सेलोमा नृत्य पस्केपछि दिक्षाको नृत्य शैली र हाउभाउ कलात्मक भएको भन्दै निर्णायक नृत्य निर्देशकद्वय कृष्ण तामाङ र केविका खत्रीले दिक्षाले प्रथम भएको घोषणा गरेका थिए ।

स्वस्तिका आईडल बन्न पुगेकी दिक्षालाई अग्रज पत्रकार तथा विद्यालय अभिभावक संघका अध्यक्ष दिपीन राईले खादा र ट्रफी प्रदान गरेका थिए । यसरी नै दोस्रो हुने निरुता विष्टलाई विद्यालयका फाउण्डर ईश्वरा श्रेष्ठ र तेस्रो हुने दिपीका चौधरीलाई अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले ट्रफि प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार दिपीन राईले निजी क्षेत्रबाट विद्यार्थीहरुलाई यतिका ठूलो कार्यक्रम गरेर विद्यार्थीको मनोबलसँगै अन्य क्षेत्रमा उभ्याउन विद्यालयले खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए ।

फाउण्डर इश्वरा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रिन्सिपल बसन्त श्रेष्ठले गरेका थिए । कार्यक्रममा नृत्य संघ १ नं. अध्यक्ष सुनिल थापा, महासचिव राज सुब्बा, विशिष्ट अतिथि रमेश समदर्शी, बडिबिल्डर संघका जिल्ला सदस्य चन्द्र राना ‘लाफा’, कुमारी भण्डारी, राम श्रेष्ठ, दुर्गाप्रसाद ओली लगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगितामा ब्रिटिशा बस्नेत, जेसिका बस्नेत, सुविया लामिछाने, सुष्मा बस्नेत, श्रेया शंकरले भाग लिएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सीपी सुवेदी र विद्यार्थी सपन लम्सालले संयुक्त रुपमा गरेका थिए ।