स्वास्थ्य महोत्सवमा हजारौंले लिए निःशुल्क स्वास्थ्य सेवा « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

स्वास्थ्य महोत्सवमा हजारौंले लिए निःशुल्क स्वास्थ्य सेवा


यलम्वर टाइम्स
९ मंसिर २०७४, शनिबार ०५:२७

बिर्तामोड । बीएण्डसी टिचिङ हस्पिटलले सात दिनसम्म सञ्चालन गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १६,८३२ जनाले निःशुल्क ओपीडी सेवा लिएका छन् भने ३१२ जना बिरामीले शल्यक्रिया सेवा प्राप्त गरी लाभान्वीत भएका छन् ।

यसरी नै प्रयोगशाला परिक्षणामा १५,७३२ जनाले सेवा प्राप्त गरेको शनिबार सम्पन्न पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । प्रदेश नं. १ कै प्रतिष्ठित टिचिङ हस्पिटलको रुपमा विकास गर्दै लाने उद्देश्यले सात दिने स्वास्थ्य महोत्सवको आयोजना गरिएको थियो । मेची अञ्चलको हिमाली जिल्ला ताप्लेजुङदेखि कोशीसम्मका बिरामीहरु स्वास्थ्य सेवा लिन आएको निर्देशक प्रसाईले जनाकारी दिए ।

नयाँ उपकरण र दक्ष जनशक्तिमा भएको शिविरमा अल्ट्रा साउण्ड, एक्स–रे, एमआरआई, सिटीस्क्यान, रेडियोलोजी सेवा ९,६२२ जनाले लिएको पत्रकार सम्मेलनमा जनाए । मंसीर २ गते पूर्व प्रधानमन्त्रिद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले संयुक्त रुपमा निःशुल्क शिविर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले वाम गठबन्धनको बहुमत पछाडी बीएण्डसी हस्पिटललाई टिचिङ हस्पिटललाई मान्यता दिलाएरै छाड्ने बताए । कार्यक्रममा प्रबन्धक निर्देशक प्रसाईले कांग्रेस पार्टीमाथि व्यक्त गरिएको अभिव्यक्ति कांग्रेस पार्टी भित्र नभई केही व्यक्ति विशेष गरिएको प्रस्ट्याए । शिविर मंसीर २ गतेदेखि ८ गतेसम्म भएको थियो ।