बलिउड गायक एस किङ अर्जुनधारा आउँदै « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

बलिउड गायक एस किङ अर्जुनधारा आउँदै


यलम्वर टाइम्स
१ पुष २०७४, शनिबार ०२:४९

अर्जुनधारा । भाग्य छ अर्जुनधारा क्षेत्र । जहाँ बलिउडका भजन सम्राट अजुप जलोटा आएर अर्जुनधारावासीलाई भजनको तरङ्गमा ढुबाईसकेका छन् । केही दिनपछि बलिउडकै चर्चित गायक एस किङ पनि अर्जुनधारा क्षेत्रमा आउँदैछन् ।

विकासको फड्कोमा अगाडि बढ्दै गरेको अर्जुनधारा नगरपालिका मन्दिरै मन्दिरले सज्जिएको नगरपालिका भएतापनि पर्यटन क्षेत्र र प्राकृतिकले घुम्न लायकको क्षेत्र पनि हो । इटहरीदेखि पूर्व घुम्न लाग्ने जो कोही अर्जुनधारा क्षेत्रको दि फन वल्र्ड पार्कमा नघुमी फर्कियौं भने एउटा पर्यटकिय केन्द्रलाई बिर्सिएको महशुस हुन्छ । दि फन पार्कले आउने माघ १ गते आफ्नै मैदानमा बलिउडकै चर्चित गायक एस किङलाई उभ्याएर नौलो परिचय दिने छाट्मा उभिन लागेको छ ।

त्यस दिन हुने सांगीतिक माहोलमा नेपालका चर्चित गायक दिपक बज्रचार्यले जीवन छुने गीत पनि प्रस्तुत गर्ने छन् । पूर्व मिस नेपाल मनिला जोशीको सुरिलो उद्घोषले अर्जुनधारावासीको मात्र होइन गीत सुन्न आउने पारखीको मन समेत लुट्ने छिन् ।

बिहीबार यस्तै–यस्तै सन्देश दिँदै फन पार्कभित्रको छहारी रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी जानकारी गइयो । मनिला जोशीसँगै पूर्वका ठिटो गोपाल पोखरेलको उद्घोषण रहनेछ । थुप्रै स्टेजमा दर्शकहरुको मन खिच्न सफल भएका पोखरेलले त्यस दिन पनि माघी मेलालाई बिर्साउने गरी दर्शकहरुको ध्यान स्टेजमा केन्द्रीत गर्ने छन् ।

नाजी इन्टरटेन्टमेन्ट, फेम नेपाल र पोजिटिभ मिडिया इभेन्टको संयुक्त आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रमलाई सफल तुल्याउन र सन्देशमूलक जानकारी गराउँन बिर्तामोडको हनुमान कम्प्लेक्स र फन पार्कभित्रको छहारीमा कार्यक्रम गरिने पत्रकार सम्मेलनमा पोजिटिभ मिडिया इभेन्टका उपाध्यक्ष समिर मोदीले जानकारी दिए । मोदी युवा व्यवसायी पनि हुन् ।

‘बलिउडका गायक एस किङले १ घण्टा आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्ने छन् भने बाँकी २ घण्टा दिपक बज्रचार्यको टिमले दर्शकहरुको मनलाई आनन्दित तुल्याउने छन्’ –दि फन वल्र्डका सदस्य तथा पोजिटिभ मिडिया इभेन्टका सचिव संजय मोदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कडा सुरक्षाका र स्थानीय अग्रज सल्लाहकारका साथ हुने कार्यक्रमको लागत योजना २० लाख हुने बताइएको छ । सो कार्यक्रमको प्रवेश शुल्क १ हजार , विशिष्ट व्यक्ति र विशिष्ट मान्यवर शुल्क क्रमशः २ हजार ५ सयदेखि ५ हजारसम्म निर्धारण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कार्यक्रमको लागि सल्लाहकारमा आदित्य पराजुली, बलदेव गोम्देन, राजुजङ कन्दङ्वा, प्रज्वल राई, आशिष वन, सुरेश आले, सुवास मेचे, कुमार उप्रेति, रोशन प्रसाई, रमेश चौधरी, गोपाल कडरिया, प्रकाश लिङ्देनको एक समिति रहेको छ भने पत्रकार सम्मेलनमा इभेन्टका प्रमुख गोपाल पोखरेल, प्रस्तुत भट्टराई, अभिषेक भण्डारी, शंकर मोदी, मनिष कार्की, सन्तोष मोदीको उपस्थिति रहेको थियो ।

इभेन्टले यस अघि झापाका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम गरिसकेको छ । उक्त कार्यक्रममा सुगम पोखरेल, नविन के भट्टराई, सविन राई, इन्दिरा जोशी जस्ता कलाकारलाई उभ्याई सकेको छ ।