माघ १ गते बलिउड गायक एस किङ दि फन वल्र्डमा « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

माघ १ गते बलिउड गायक एस किङ दि फन वल्र्डमा


यलम्वर टाइम्स
२९ पुष २०७४, शनिबार ०६:३९

अर्जुनधारा । पहिलो पटक झापा शनिश्चरेको दि फन वल्र्डमा बलिउडका ख्याति प्राप्त गायक एस किङले आफ्नो प्रस्तुति दिने भएका छन् ।

उनले माघ १ गते दि फन वल्र्ड शनिश्चरेमा हुने कार्यक्रममा साँझ ५ बजेबाट करिब १ घण्टा ३० मिनेट आफ्नो आकर्षक सांगीतिक प्रस्तुति दिने भएका हुन् ।

बलिउडका गायक उपस्थित गराउन पोजिटिभ मिडिया इभेन्टले खेलेको भूमिकासँगै फनपार्क र छहारी रिसोर्टको प्राङ्गणमा हुन लागेको सांगीतिक कार्यक्रममा दिपक बज्रचार्यको मौलिक प्रस्तुतिसँगै नेवार सम्प्रदायको लाखे नृत्य र अन्य कला प्रस्तुत हुने भएको छ ।

आयोजकले होहल्लाभन्दा पनि सुन्दर, शान्त वातावरणमा संगीतमय कार्यक्रम दिने भएका छन् । कार्यक्रम स्थलमा भीभीआईपीलाई ५ हजार, भीआईपीलाई २ हजार ५ सय, विशेषलाई १ हजारमा टिकट वितरण भइरहेको बताइएको छ ।

भीआईपी र भीभीआईपीका लागि विशिष्ट स्थानसँगै खाजाको परिकार पनि प्रदान गरिने आयोजकले बताएको छ । साँझ ५ बजेबाट ९ बजेसम्म हुने सांगीतिक  कार्यक्रमको होस्ट पूर्व मिस नेपाल मलिना जोशीले गर्ने भएकी छिन् ।

कडा सुरक्षाका साथ गरिन लागेको कार्यक्रमको खर्च भने २५ लाख रहेको आयोजकले जनाएको छ ।