मेची नेत्रालय आँखा अस्पताल १२ औं वर्षमा « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

मेची नेत्रालय आँखा अस्पताल १२ औं वर्षमा


यलम्वर टाइम्स
१६ असार २०७५, शनिबार ०२:०२

काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टामा अवस्थित मेची नेत्रालय शुक्रबारबाट १२ औं वर्षमा प्रवेश गरेको छ ।

१२ वर्ष प्रवेशको उद्घाटन गर्दै नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्र प्रकाश राईले यहाँसम्म अस्पताल आईपुग्नु आम जनताको स्नेहताको कारण भएको बताए ।

आजभन्दा ११ वर्ष अघि अथक प्रयास र मिहनतले स्थापित भएको उक्त अस्पतालले जनमानसमा मात्र होइन देशविदेशमा समेत विश्वसनियता कायम गरिसकेको छ ।

विश्वसनियता प्रदान गर्न हौसला प्रदान गर्नुहुने सबैमा नेत्रालयका प्रबन्धक पुनम प्रधान राईले आभार प्रकट गरेकी थिइन् ।
सोही दिन नेत्रालयमा रहेर विभिन्न विधामा काम गर्ने कर्मचारी तथा सहयोगीहरुलाई सम्मान प्रदान गरेका थिए ।

सम्मानित हुनेहरुले सम्मान ग्रहण गर्दै नेत्रालयको योगदान सदैव उच्च रहने प्रतिक्रिया दिएका थिए ।

सोही दिन काँकरभिट्टा स्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको पार्क सरसफाई कार्यक्रम गरिएको थियो । सुन्दर पार्क भएर पनि फोहोर देखिएको हुँदा १२ वर्ष प्रवेशको अवसरमा सरसफाई गरिएको हो ।

यसरी नै अनाथ बालबालिकाहरुलाई जुत्ता र आवश्यक सामग्री समेत प्रदान गरिएको प्रमुख डाक्टर राईले यलम्वर टाइम्सलाई बताए ।