क्षेत्र नं. २ ‘ख’ स्तरीय जुनियर कराते ग्रेडिङ सम्पन्न « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

क्षेत्र नं. २ ‘ख’ स्तरीय जुनियर कराते ग्रेडिङ सम्पन्न


यलम्वर टाइम्स
१३ आश्विन २०७५, शनिबार ०५:२२

अर्जुनधारा । प्रदेश नं. १ अन्तर्गत झापा क्षेत्र नं. २ ‘ख’ स्तरीय जुनियर कराते गे्रडिङ शनिबार शनिश्चरे माविको प्राङ्गणमा सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका वरिष्ठ कराते प्रशिक्षक मदनकुमार उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित जुनियर ग्रेडिङमा १ सय ५० बढी खेलाडीको सहभागिता रहेको थियो ।

खेलाडीहरुको मनोभावना उच्च पार्दै खेलप्रति लगाव र खेलाडीको स्तरोन्नति गर्ने उद्देश्यले आयोजना गरिएको ग्रेडिङमा काता, कुमुते, इडोसिकी लगायतको अभ्यास गराईको कराते संघ झापाका महासचिव तथा एकेएफ अन्तर्राष्ट्रिय रेफ्री कुमार उप्रेतीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय रेफ्री उप्रेतिको अध्यक्षतामा भएको ग्रेडिङमा प्रशिक्षक तथा एकेएफ रेफ्री अंजित मौली, राष्ट्रिय रेफ्री सहायक प्रशिक्षक जीवन राई, प्रशिक्षकहरु पिंकी वर्मन, सुमन चिमरिया, प्रदिप तामाङ, निशा राई लगायतको आतिथ्यता रहेको थियो ।