वडा नं. ७ मा १५० वृद्ध र ४५ महिलाले लिए निःशुल्क स्वास्थ्य सेवा « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

वडा नं. ७ मा १५० वृद्ध र ४५ महिलाले लिए निःशुल्क स्वास्थ्य सेवा


यलम्वर टाइम्स
३२ जेष्ठ २०७६, शनिबार ०६:२९

अर्जुनधारा । असाहय र ज्येष्ठहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

वडा नं. ७ मा आयोजित शिविरको उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले ज्येष्ठहरुको स्वास्थ्यमा वडाले देखाएको चासो सान्दर्भीक भएको बताए ।

वडा कार्यालय परिषरमा आयोजित शिविरमा आयुर्वेद औषधालय अर्जुनधारा र अर्जुनधारा स्वास्थ्य चौकीले सहकार्य गरेको थियो । शिविरमा वडाका १५० भन्दा बढी वद्धवृद्धाहरुले सेवा लिएका थिए ।

वडाको वार्षिक कार्य योजना अनुसार शिविर आयोजना गरिएको वडाध्यक्ष नवराम ढुंगानाले बताए ।

वडाध्यक्ष ढुंगानाले भने, ‘वडाका ज्येष्ठ आमाबुबाको स्वास्थ्य हितका लागि हामीले आयुर्वेदमा ५० हजार र स्वास्थ्य चौकीका लागि ५० हजार रुपैयाँ विनायोजन गरेका थियौं ।’

मधुमेह, उच्च रक्तचाप लगायतका रोगको औषधी खाइरहेका विरामीहरुलाई एलोपेथिक र अन्यले आयुर्वेदिक सेवा लिएको शिविरमा सहभागि रहेका वडा सदस्य ऐतराज नेम्वाङ (सन्तोष)ले बताए ।

शिविरमा ज्येष्ठहरुको ब्लड ग्रुप, मधुमेह, हेमोग्लोविन, युरिक एसिड लगायत अन्य रोगहरुको परीक्षण गरिएको वडा सचिव प्रकाश पौडेलले जानकारी दिए ।

शिविरमा स्वास्थ्य चौकीका एचए अनुषा कार्की, सिनियर अहेवद्वय दुर्गा भट्टराई, बाबुराम निरौैला, अहेव रामबहादुर शाह, सिनियर अनमी मञ्जु बाँस्तोला, अनमी सुमित्रा राई, ल्याव असिस्टेन्ट दीपा श्रेष्ठ, कविता चौधरी र आयुर्वेद औषधालय अर्जुनधाराकातर्फबाट वैद्य सुमन तिम्सिना र कविराज राम सुशिल यादवले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

यसरी नै वडा नं. ७ मै महिलाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यसहित एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा ४५ जना महिलाले सेवा लिएका थिए । अर्जुनधारा–७ वडा कार्यालयको आयोजना र नेपाली आमा समूह अर्जुनधाराको सहआयोजना तथा प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

नेपाली आमा समूह अर्जुनधाराका सदस्य कल्पना कडरियाका अनुसार शिविरमा आङखस्ने, महिलाको पाठेघरको मुखको क्यान्सर (भीआइए) परीक्षण गरिएको हो ।

आमा समूहले स्वास्थ्यकर्मी व्यवस्थापन गरेको शिविरमा निःशुल्क औषधीसमेत वितरण गरिएको थियो ।

शिविरको औचित्यका विषयमा अर्जुनधारा–७ का वडाध्यक्ष नवराम ढुङगानाले प्रकाश पारेका थिए ।

उनले वडासरकार आफ्नो वडाभित्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन पछि नहट्ने बताए ।

शिविरमा १५ हजार रुपैयाँ बराबरको निःशुल्क औषधी वितरण गरिएको नेपाली आमा समूह अर्जुनधाराका अध्यक्ष राजकुमारी शेर्पा राईले बताइन् ।

आमा समूहका अध्यक्षसमेत रहेकी स्वास्थ्यकर्मी राजकुमारी शेर्पा राई, गंगा मेचे र पुनम शेर्पाले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा वडा सदस्यद्वय सारदा भट्टराई र गोमा पर्वतेले सहयोगीको भूमिका निर्वाह गरेको समूहकी कल्पना कडरियाले बताइन् ।