ऐतिहासिक पृष्ठभूमि र थातथलोको आधारमा प्रदेश हुनु पर्ने « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

ऐतिहासिक पृष्ठभूमि र थातथलोको आधारमा प्रदेश हुनु पर्ने


यलम्वर टाइम्स
१९ पुष २०७३, मंगलवार १०:१९

शनिअर्जुन / राष्ट्रिय जनमुक्ति पार्टीले जातीय ऐतिहासिक पृष्ठभूमि र थातथलोको आधारमा प्रदेशहरु सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिँदै ९ बुँदे प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा पहिचान तथा सामथ्र्यको आधारमा प्रदेशहरु सुनिश्चित गरिनु पर्ने, भ्रष्टचारीलाई देशद्रोह मानि भ्रष्टचारीहरुलाई देशद्रोही घोषणा गर्ने संवैधानिक व्यवस्था गरिनु पर्ने, आदिवासी जनजाति, खस आर्य, दलित, मधेसी, क्लष्टर र महिलाको प्रतिनिधित्व हुने गरी ५ (पाँच) सदस्यीय राष्ट्रपति मण्डल, र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रिको व्यवस्था गरिनु पर्ने, प्रथाजन्य कानून र मान्यतालाई संवैधानिक मान्यता गरिनु पर्ने, सबै मातृभाषालाई सरकारी कामकाजको भाषा हुने गरी मान्यता दिनुपर्ने, समानुपातिक प्रतिनिधित्वको लागि समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्ने, सांसद भत्ता वृद्धिलाई खारेजी गरिनु पर्ने, भीआईपीहरुलाई औषधी उपचार खर्च दिने परिपाटी बन्द गरिनु पर्ने र थ्रेसहोल्ड परिपाटी बन्द गरिनु पर्ने जस्ता विषयहरु समावेश गरिएको छ । मंगलबार शनिश्चरे बजार स्थित यलम्वर टाइम्सको कार्यालयमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि पार्टी महासचिव केशव सूर्यवंशी रहेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको आयोजना र पार्टी जिल्ला समिति झापाको संयोजनमा भएको कार्यक्रमको सभापतित्व अध्यक्ष पर्शुराम मगरले गरेका थिए । कार्यक्रममा शिव आचार्य, केन्द्रीय सचिव पदम जवेगु, क्या. मानबहादुर राई, क्या. शिवकुमार राई, दिलीप राई, महिला मोर्चा अध्यक्ष रिना मगर लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव पदम कन्दङवाले गरेका थिए ।