देश बनाउने जिम्मा तपाई हाम्रोः उपाध्यक्ष्य कायस्था « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

देश बनाउने जिम्मा तपाई हाम्रोः उपाध्यक्ष्य कायस्था


यलम्वर टाइम्स
५ भाद्र २०७९, आईतवार ०९:५५

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विदुप्रकाश कायस्थाले जनमुक्ति पार्टी देश बचाउ अभियानमा जुटेको बताएका छन् ।

पार्टी प्रवेशसँगै कार्यकर्ताहरुलाई देश बचाउ अभियानमा जुट्नु पर्ने आधारहरु दर्शाउँदै एमाले, कांग्रेस र माओवादी सत्तासिन दलले जनतालाई बन्धक राखेर महंगी बढाएको आफू खुशी निर्णय गरी देशलाई ढुबाउन खोजेको आरोप लगाउँदै जनमुक्ति पार्टीको छत्रछायाँबाट देश बचाउ अभियानमा आफू लागेको बताएका छन् ।

सोमबार र मंगलबार रुपन्देहीको बुटवलमा आयोजित नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष कायस्थाले खोलानाला बन्धक राखेको भनिराख्नु नपर्ला ।

सत्तामा पुगेर आफ्नो दल र कार्यकर्ता पोस्न विदेशी ऋण र सहायतामा लम्पसार परेर लिएको हुँदा त्यो ऋणभार सर्वसाधारण जनतालाई नपरोस् र देश बन्धक राखेर नेपाली जनतालाई निरिह प्राणी नबनाइयोस् भन्ने उद्देश्यले आफू देश बचाउ अभियानमा जुटेको बताए ।

प्रशिक्षण कार्यक्रममा दलहरुकै कारणबाट स्वतन्त्र नागरिकको उदय भएको बताउँदै यो बेला सत्ता पक्ष र विपक्ष मिलेर अगाडि बढेको हुँदा लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको आरोप लगाए ।

उनले अगाडि भने, ‘यो बेला पनि हामीले सजक र सचेत गराउन सकेनौं भने आउने सन्ततिले ठूलो पीडा व्यहोर्ने छन् ।’

उपाध्यक्ष कायस्थले यसअघि इलामको सदरमुकाम र माई नगरपालिकामा पुगेर जनमुक्ति पार्टीका कार्यकर्ताहरुलाई वडा, नगर हुँदै जिल्लाबाट पनि खबरदारी आवश्यक भएको बताए ।