अर्जुनधारामा अवैध नदीजन्य सामग्री ढुवानी गर्ने ट्याक्टर र टिपर प्रहरी नियन्त्रणमा « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

अर्जुनधारामा अवैध नदीजन्य सामग्री ढुवानी गर्ने ट्याक्टर र टिपर प्रहरी नियन्त्रणमा


यलम्वर टाइम्स
७ भाद्र २०७९, मंगलवार ०७:४६

अर्जुनधारा । अर्जुनधारा वडा नं. १ स्थित विरिङ खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा चार ट्याक्टर र दुई टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी नीति अनुसार असारदेखि भदौ मसान्तसम्म नदीजन्य सामग्री उत्खनन् गर्न नमिल्ने भए पनि अर्जुनधाराका प्रमुख नदीहरु विरिङ, टाङटिङ लगायत अन्य खोलाहरुमा उत्खनन् हुँदै आएपछि प्रहरी चौकी शनिश्चरेले निगरानी बढाएको थियो ।

सूचनाका आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीको टोलीले अर्जुनधारा १ स्थित बिरिङ खोलाबाट ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै अर्जुनधारा वडा नं. ८ बाट अवैध नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा टिपरलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो सोमबार खोलाबाट मे १ त ६३४०, प्रदेश १–०१–००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको थियो भने प्रदेश–१–०१–००१ क ११२४, बागमती प्रदेश–१–०६ ख ३६४७ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका ट्याक्टर तथा टिपरलाई आवश्यक कार्बाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाइएको प्रहरीको भनाइ छ ।