नव युवा गोल्डकपको उद्घाटन खेलमा आयोजक ५–० ले विजयी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

नव युवा गोल्डकपको उद्घाटन खेलमा आयोजक ५–० ले विजयी


यलम्वर टाइम्स
९ आश्विन २०७९, आईतवार १४:०९

अर्जुनधारा । राष्ट्रिय पर्वलाई स्वागत गर्दै अर्जुनधारा–७ मा आयोजित दोस्रो नव युवा गोल्डकपको उद्घाटन खेलमा आयोजक टिमले गोल वर्षा गर्दै विजयी सुरुवात गरेको छ ।

स्पर्धी अमरदह स्पोर्टिङ क्लबलाई ५–० गोलले पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङले अन्तिम चारमा पनि स्थान सुरक्षित गरेको छ ।

खेल हेर्न सहभागि भएका स्थानीय खेल प्रेमीले प्रतियोगिता ढिलै सुरु भए पनि आयोजकले विजयी सुखद सुरुवात गर्दा उत्साहित देखिन्थे ।

 

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजनामा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा आयोजकका लागि कप्तान पुष्प मादेनले खेलको २१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने ३३औं मिनेटमा विशाल खवासले गोल गरेर अग्रता दोब्बर बनाए ।

खेलको सुरुवातदेखि नै दबाबमा राखेको आयोजकले ३० औँ मिनेटमा पुजन राई गोल गर्दै ३–० को अन्तर निकाले ।

यस्तै ३७ औं मिनेटमा श्याम मुर्मुले गोल गरे भने खेलको ५२ औं मिनेटमा पुजन राईले व्यक्तिगत २ गोल गर्दै ५–० गोलको फराकिलो नतिजा ल्याए ।

खेलको म्यान अफ दी म्याच श्याम मुर्मु घोषितहुँदै नगद १५ सय पाउन सफल भए ।

खेलकुद क्षेत्रको प्रवद्र्धन एवम् विजया दशमीको अवसरमा आयोजित गोल्डकप आयोजक नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा भएको थियो ।

सहआयोजक अर्जुनधारा स्पोर्टिङ क्लबका अध्यक्ष अनिश न्यौपानेले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पराजुली, अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

भोलि (सोमबार)को खेल रथखोला फुटबल क्लब दार्जीलिङ र काँकडभिट्टा फुटबल टे«निङ सेन्टरबीच हुने सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेल सुरु हुनुपूर्व भएको औपचारिक कार्यक्रममा वडा नं. ४ का अध्यक्ष अमर कटुवाल, समाज कल्याणका अध्यक्ष धर्मानन्द गुरागाई, महासचिव मेधनीप्रसाद ढुंगेल, पूर्व खेलाडी टीका पोखरेल, प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, शनिश्चर प्रहरी चौकीका प्रमुख रवि राई, फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले ‘मामा’, तुलसी श्रेष्ठ, अमृत बस्नेत, महिला चेतना समूहकी अध्यक्ष नीलाकुमारी दाहाल, टेकेन्द्र पौडेल, चाँदनी बहुउद्देश्यीय सहकारीका सचिव प्रेम कार्की लगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगिता भरी शाह मेडिकलले मेडिकल व्यवस्थापनको रुपमा जिम्मेवारी सम्हालेको अध्यक्ष मैनालीले बताए ।