राई चलचित्रकर्मी संघद्वारा मतानको (सानो झुपडी) प्रदर्शन « Yalambar Times
२९ बैशाख २०८१, शनिबार

राई चलचित्रकर्मी संघद्वारा मतानको (सानो झुपडी) प्रदर्शन


यलम्वर टाइम्स
७ माघ २०७३, शुक्रबार ०२:४८

Untitled-5 copyबिर्तामोड / किराँत राई चलचित्रकर्मी संघ झापालाई औपचारीक रुपमा गठन गर्न सहयोग पुग्ने उद्देश्यले विहीबार राई जातिको संस्कृतिमा आधारित मतान (सानो झुपडी) नामक चलचित्रको च्यारिटी शो प्रदर्शन गरिएको छ ।

राई जातिको पहिचान कायम गर्दै चलचित्रको माध्यमबाट संस्कृतिको उत्थान गर्ने उद्देश्यका साथ राई चलचित्रकर्मी संघ गठन गर्नका निमित्त मतानको च्यारिटी शो गरिएको तदर्थ समितिका अध्यक्ष भुवनसिंह राईले बताए ।

बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा भएको च्यारिटी शोमा अध्यक्ष राईले चलचित्र क्षेत्रमा पनि आदिवासी जनजाति उत्पीडनमा भएको बताउँदै राई कलाकारहरुको हितका लागि किराँत राई चलचित्रकर्मी संघ आवश्यक भएको उनको भनाई छ । राईले च्यारिटी शो सम्पन्न गर्नका लागि किराँत राई यायोक्खाले गरेको सहयोग प्रशंसा योग्य भएको भन्दै आगमी दिनमा पनि सहयोगको अपेक्षा राखेका छन् ।

किराँत राई चलचित्रकर्मी संघ केन्द्रिय अध्यक्ष केशव राईको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा किराँत राई यायोक्खा गरामनी अध्यक्ष टेकबहादुर राई, समाजसेवी लालबहादुर राई, कलाकार पवना श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । सोही अवसरमा अनिस श्रेष्ठको तिमी आउन… र सरोज राराहाङ राईको बाँच्न चाहन्छु…को म्युजिक भिडियो लन्च गरिएको थियो ।

संघकी सदस्य उषास राईको सञ्चालनमा भएको कार्यक्रममा स्वागत सचिव ससिम राईले गरेको सल्लाहकार निश्चल सापकोटाले बताए ।