खानपीनमा सुधार गरे अस्पताल र डाक्टरको पछि लाग्नु नपर्ने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

खानपीनमा सुधार गरे अस्पताल र डाक्टरको पछि लाग्नु नपर्ने


यलम्वर टाइम्स
१८ माघ २०७९, बुधबार ०८:०२

सालबारी । खानपीनमा सुधार गरे अस्पताल र डाक्टरको पछि लाग्नु नपर्ने आयुर्वेद तथा स्वास्थ्य जीवनशैली सम्बन्धी सचेतनामूलक कार्यक्रममा प्रशिक्षकहरुले बताएका छन् ।

अर्जुनधारा वडा नं. ११ अन्तर्गत भएको सचेतनामूलक कार्यक्रममा प्रमुख प्रशिक्षक शनिश्चरे आयुर्वेदिक अस्पतालका प्रमुख अनिलकुमार ठाकुरले स्वास्थ्य जीवनशैली निर्माणको लागि व्यायाम, स्वस्थ खाना साथै घरेलु जडिबुटी प्रयोग गर्नुपर्ने बताए ।

हामीले खाने ठाउँ भन्सा घरलाई सुधार्दै मंसजन्य र मादक पदार्थ सेवनसँगै सुखी जीवनशैलीमा रमायौं भने दीर्घ रोग लागेर जीउनुपर्ने अवस्था हुन्छ, त्यसबाट बाँच्न खानपीनमा ध्यान दिनुपर्ने जानकारी दिए । अर्जुनधारा ११ का विभिन्न संघसंस्थाका ३० जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सचेतना कार्यक्रममा वडा नं. ११ का अध्यक्ष खगेन्द्र इङ्नामले आयुर्वेदिक ज्ञाताहरुबाट प्रदान गरिएको शिक्षा वडा र टोलमा छर्न अनुरोध गर्दै स्वास्थ्य जीवनशैली निर्माणमा वडाबासीहरु जुट्न सके स्वस्थ वडाको परिचय दिन सकिने बताए ।

यसरी नै वडा नं. ७ मा पनि आयुर्वेदिक तथा स्वास्थ्य जीवनशैली सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सचेतना कार्यक्रममा जट्टा शेखर झाले खानपीनमा ध्यान नदिँदा घरैपिच्छे बिरामीहरुको संख्या बढ्दै गएको बताए ।

आयुर्वेदिक प्रशिक्षकका रुपमा चिनिएका झाले मंस सेवन मानव जीवनको लागि हानिकारक भएको बताए ।

वडाध्यक्ष गोविन्द खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा वडाका ३० भन्दा बढी सहभागि थिए ।