मानव तस्कारीलाई रोकौं « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

मानव तस्कारीलाई रोकौं


यलम्वर टाइम्स
२२ माघ २०७९, आईतवार १०:५३

आर्थिक प्रलोभनका कारण सीमा क्षेत्रबाट मानव तस्कार गर्नेहरुको संख्या बढेको तथ्याङ्कले देखाएको छ । मुलुकमा देखिएको आर्थिक संकट, विभिन्न फेसन र रमझमलाई मेट्नका लागि बढी जसो सीमा क्षेत्रबाट रोजगारीका नाममा महिलाहरु बाहिर जाने क्रम देखिएको छ । औषधी उपचार तथा नातागोताको घर गएको भन्दै सीमा प्रहरीलाई झुक्याएर जानेको संख्या बढेको पाइन्छ । कमै मात्रले महिला हराएको सूचना प्रहरीलाई जानकारी गराए पनि महिला हराउने काम भने रोकिएको छैन ।

विशेष गरी सीमा क्षेत्रलाई झुक्याउँदै भारत जानेहरुको संख्या बढेर आएको छ । नेपाल प्रहरीको मानव बेचविखनका व्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठका अनुसार किशोरीलाई बली दिनका लागि भारत लान लागेको पत्ता लगाइ उद्दार गरिएको बताएका छन् । १६ वर्षिय ती युवतीलाई आर्थिक प्रलोभन देखाइ मानव तस्करले आफ्नो बसमा पारेका थिए । पक्राउ परेका मानव तस्कारहरुलाई अनुसन्धान गर्दा नेपालका विभिन्न नाकाबाट काम लगाइदिने बहानामा भारत लगी बेचविखन गर्ने गरेको खुलेको छ । विशेष गरी पूर्वी नाका अन्तर्गत इलाम, पाँचथरर ताप्लेजुङबाट युवतीहरुलाई भारत लाने गरेको तथ्याङ्क उल्लेख छ । घरबाट हराएकी युवती हालसम्ममा १० प्रतिशतमात्र फेला परेको र अरु सम्पर्क विहीन भएको प्रहरीको तथ्याङ्कमा छ ।

बिर्तामोडको एक कार्यक्रममा झापा जिल्लाका प्रहरी प्रमुख दुर्गाराज रेग्मीकाले मानव तस्कर हुने जिल्ला झापा पनि भएको बताउँदै यसको उचित रोकथाममा महिला संघसंस्था तथा सञ्चारकर्मीहरुको अहम् भूमिका रहने बताए । प्रहरी प्रमुखले यसो भनिरहँदा इलाम आदर्श माविमा अध्ययनरत १४–१५ वर्षका सात जना युवती काम खोज्न बाहिर हिंडेको बेला शनिश्चरे प्रहरी चौकीले नियन्त्रणमा लिइ अभिभावकलाई बुझाइदिएका छन् । काम गर्न भनी घर त्यागेर भागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका थिए । यसरी भाग्नेहरुको संख्या प्रशस्त भएकै कारण मानव तस्करको सञ्जालमा फस्न लागेको अनुसन्धानले जनाएको छ । त्यसैले मानव तस्करलाई रोक्न सबैको बल उत्तिनै आवश्यक भएको प्रहरी अनुसन्धानले अनुरोध गरेको छ । त्यसतर्फ समाजको ध्यान जान जरुरी छ ।