माओवादी नेता इन्द्र आङ्बो माथि हातपातको प्रयास « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

माओवादी नेता इन्द्र आङ्बो माथि हातपातको प्रयास


यलम्वर टाइम्स
७ चैत्र २०७९, मंगलवार ०७:३७

ताप्लेजुङ । ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडीमा आन्दोलनकारीहरुले आक्रमण गर्दै विरोध जनाएको भोली पल्टै पूर्व अर्थमन्त्री तथा माओवादी नेता इन्द्र आङ्बो ‘मौसम’ माथि पनि आक्रमणको प्रयास भएको छ ।

पार्टी संगठनको सिलसिलामा ताप्लेजुङ पुगेका नेता आङ्बोको गाडीमा ढुंगामुडा गर्नुका साथै आङ्बोमाथि हातपात गर्ने प्रयास गरेका थिए ।

ताप्लेजुङ बजार नजिक पुग्ने बेलामा आन्दोलनकारीहरुले कोशी प्रदेश चाहिँदैन भन्ने नारा लगाउँदै आङ्बोलाई घेरेका थिए ।

सशस्त्र प्रहरीले आङ्बोलाई सुरक्षा दिँदै अहिले ताप्लेजुङ बजार कडा सुरक्षाका साथ प्रहरी परिचालन भएको जनाइएको छ ।

यतिबेला ताप्लेजुङमा करिब दुइ सयभन्दा बढी आन्दोलनकारीहरुले पहिचान विरोधी होसियार, कोशी प्रदेश चाहिँदैन जस्ता नाराबाजी गरिरहेका छन् ।