जनमुक्तिले खपाङ्गीलाई सम्झियो « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

जनमुक्तिले खपाङ्गीलाई सम्झियो


यलम्वर टाइम्स
१३ भाद्र २०८०, बुधबार १२:०४

काठमाण्डौ । लामो समयपछि जनमुक्तिका संस्थापक महासचिव स्व. गोरेबहादुर खपाङ्गीलाई पार्टीले सम्झिएको छ ।

पार्टी केन्द्रीय समितिको बैठक चलिरहँदा स्व. खपाङ्गीको पनि सातौं स्मृति दिवस त्यही दिन भएको हुँदा बैठकका सहभागि नेता तथा पदाधिकारीले पार्टी कार्यालयमा फूलमाला अर्पण गरी सम्झिएको हो ।

पार्टीलाई मेची–महाकालीसम्म डोहो¥याउने खपाङ्गी अहिले पनि पार्टीका पुराना हस्तीहरुको मन–मनमा रहेको बताउँछन् ।

पार्टीले अग्रता लिन नसकेपछि खपाङ्गीका जीवित सहपाटीहरु मौन बसिरहेका छन् त कोही अन्य पार्टीमा पलायन भएका छन् भने रहेका पार्टीका हस्तीहरु स्व. खपाङ्गीको योगदानको विषयमा चर्चा परिचर्चा चलाउने गरेका छन् ।

मन्त्री समेत भएका खपाङ्गी पूर्ण समानुपातिक, धर्म निरपेक्ष र राज्य पुनःर्संरचनाका विषयमा बहस चलाउँदै पार्टीलाई उचाईमा पु¥याएका थिए । आज त्यो उचाई चुलिन नसक्दा त्यसबेलाका जनमुक्ति योद्धाहरु अलमलमा परेका छन् ।

काठमाण्डौमा १० र ११ गते सञ्चालन हुँदै गरेको बैठकले स्व. खपाङ्गीको योगदानको विषयमा चर्चा चलाएका थिए । पार्टी अध्यक्ष केपी पालुङ्वाले जनमुक्तिमा खपाङ्गीको योगदान अतुलनीय रहेको बताए ।
सहभागीहरुले पुष्प अर्पण गर्दै जोश र जाँगरबाट पार्टीलाई अगाडि बढाए खपाङ्गीको सपना साकार हुने बताए ।

दुई दिनसम्म सञ्चालन हुने भनिएको बैठक पहिचानको विषयलाई लिएर लम्बिएको छ । पार्टीले प्रदेश नं. १ को नामलाई पूर्ण रुपमा उल्लेख नगरे धरापमा पुग्ने पार्टीका एक केन्द्रीय सदस्यले प्रतिक्रिया दिए ।