महिलाको अधिकार संरक्षण गर्न बिर्तामोडमा महिला आवाज गठन, अध्यक्षमा शिखा « Yalambar Times
१२ श्रावण २०८१, शनिबार

महिलाको अधिकार संरक्षण गर्न बिर्तामोडमा महिला आवाज गठन, अध्यक्षमा शिखा


यलम्वर टाइम्स
२१ भाद्र २०८०, बिहीबार १२:३६

बिर्तामोड । महिलाहरुको हक, अधिकार संरक्षण एवम् बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले बिर्तामोडमा संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन गरिएको छ ।

बिर्तामोड नगरपालिका–२ निवासी शिखा खड्का गणेशको अध्यक्षतामा उक्त संस्था गठन गरिएको हो । समितिको उपाध्यक्षमा मुना खड्का, सचिवमा अनिता रेग्मी र सदस्यहरुमा बविता खड्का, एलिसा कटुवाल लगायत ७ जना रहेका छन् ।

खड्काले यसअघि महिला हिंसा न्युनिकरणका लागि कार्यरत संस्था मेची–महाकाली बुहारी संयुक्त आवाजको संस्थापक झापा अध्यक्ष भएर काम गरिसकेकी छिन् ।

महिलाहरुको जीवनस्तर सुधार, बालबालिकाको शिक्षा, स्वास्थ्य, महिला हक, अधिकार र संरक्षण एवम् सामाजिक सरोकारका विषयमा कार्य गर्ने संस्थाको उद्देश्य रहेको अध्यक्ष खड्काले बताइन् ।

उनका अनुसार संस्थाको साधारण सभा ६ महिनाभित्रमा सम्पन्न गरी कार्यकारी समिति गठन हुनेछ ।