मितेरी बैंक सर्वसाधारण जनताको हो « Yalambar Times
२६ बैशाख २०८१, बुधबार

मितेरी बैंक सर्वसाधारण जनताको हो


यलम्वर टाइम्स
८ चैत्र २०७३, मंगलवार ०७:३२

miteriअर्जुनधारा / मितेरी डेभलपमेन्ट बैंकका अध्यक्ष अजीतनारायणसिंह थापाले शनिश्चरेमा बैंकको ११ औं शाखा उद्घाटन गर्दै मितेरी बैंक सर्वसाधारण जनताको भएको बताएका छन् ।

शनिश्चरे बजारको बिर्तामोड रोडस्थित बुधबार अध्यक्ष थापाले थोरै लगानीबाट जनताको विश्वास जित्दै ३८ करोडको कारोबार गर्न सफल भएको बताउँदै नेपालको प्रचलित कानुन बमोजिम कारोबार गर्ने भएको हुँदा यस बैंकमा विश्वास राखेर अगाडि बढ्न व्यवसायीहरुलाई आह्वान गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले अर्जुनधारा नगरपालिकामा नेपाल बैंकको अतिनै आवश्यकता भएतापनि उक्त बैंक आउन सकेन दुःखको बेलामा मितेरी बैंक साथ दिन आएको हुँदा बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए । सभापति थापाले यस बैंकबाट सर्वसाधारण हितका लागि हातेमालो गर्दै अगाडि बढ्न सफल होस् भनी शुभकामना दिएका थिए । कार्यक्रममा पूर्व जिविस सभापति कृष्ण मिश्रले जनताको भावना र साना व्यवसायीको मर्मलाई यस बैंकले चिर्न सकोस् भनेका थिए । कार्यक्रममा शनिअर्जुन वाणिज्य संघका अध्यक्ष बसन्त सोमानीले सर्वसाधारण व्यापारीको लागि मितेरी बैंक मित्र बन्न सकोस् ।

उद्घाटन कार्यक्रममा प्रधान कार्यालयका कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले समाजलाई लाभ हुने खालको र व्यवासायलाई सरलता प्रदान गर्न मितेरी बैंक नचुक्ने बताए । छोटो समयमा जनताको मन जित्न सफल भएको हुँदा पूर्वका तरहरा, झुक्का, उर्लाबारी, विराटचोक, खनार, दाम्राभिट्टा, सुरुङ्गा, रमाइलो, चतरा, शनिश्चरे र विराटनगरमा शाखा रही कारोबार सुरु गरिसकेको जानकारी दिएका थिए । उद्घाटन गर्नु अघि यस बैंकले कारोबार सुरु गरिसकेको शाखा प्रमुख हेमन्त चौहानले जानकारी दिए ।