बिरिङ नदीको मिनी पुल खतरा, टाङटिङको बाँसे पुल बगायो « Yalambar Times
६ पुष २०८१, शनिबार

बिरिङ नदीको मिनी पुल खतरा, टाङटिङको बाँसे पुल बगायो


यलम्वर टाइम्स
११ श्रावण २०७३, मंगलवार ११:३५

शनिअर्जुन / बिर्तामोडबाट खुदुनाबारी, दानाबारी प्रवेश गर्ने नाका शनिअर्जुन–१ स्थित नारायण चौकमा क्जवे भत्किएपछि आवतजावतमा अप्ठ्यारो भएपछि बिरिङ नदीको मिनी पुलले यातायातमा सहजता अपनाएको छ ।
आजभन्दा ८ वर्ष अघि स्थानीयहरुको स11क्रियतामा करिब २० लाखमा निर्माण भएको शनिअर्जुन–२ बिरिङ नदीको मिनी पुल बनेपछि नारायण चौकमा प्रत्येक वर्ष क्जवे भत्काउँदा यही पुल प्रयोग गरिने गरेको स्थानीयबासीहरु बताउँछन् । उक्त मिनी पुल जिल्लाकै उत्कृष्ठ पुलको रुपमा परिचित थियो ।
गत वर्ष अत्याधिक वर्षाका कारण पानीको सतह बढेपछि उक्त मिनी पुल दबिन पुगेको थियो । यातायातको चाप बढेपछि उक्त पुलले खुदुनाबारी, दानबारी, रातेखाल, सहासी बस्ती, रमाइलो बस्ती, किरात बस्तीलाई धान्न नसक्ने अवस्था पुग्दै गएको छ ।
यसै गरी आवतजावतमा सहजहोस् भनी टाङटिङ नदीमा बनाइएको बाँसको अस्थायी पुल सोमबार राति आएको बाढीले बगाइदिएको छ ।
अब खुदुनाबारीका लागि दुर्गापुर हुँदै आउनुपर्ने अवस्था रहेको स्थानीय खगेन्द्र लिङ्देनले जानकारी दिए ।