बिरिङ नदीको कटानबाट करोडौंको क्षति « Yalambar Times
१२ पुष २०८१, शुक्रबार

बिरिङ नदीको कटानबाट करोडौंको क्षति


यलम्वर टाइम्स
२६ श्रावण २०७३, बुधबार ०९:५८

33 शनिअर्जुन / जिल्लाबाट बजेट फ्रीज भएर केन्द्रमा गयो भन्ने चर्चा झापामा उठिरहँदा बिरिङ नदीको कटानले करोडौंको क्षति हुँदा बिरिङ नदी पीडितबासीहरुले उक्त रकम बिरिङ नदी नियन्त्रणमा खर्चिए भलो त हुन्थ्यो भन्न थालेका छन् ।

उक्त रकम कुन–कुन शीर्षकबाट फ्रीज हुन पुगेको हो ? यकिन नभएतापनि नदीको वहाव वा कटानलाई छेकथुन गर्ने रकम शनिअर्जुन नगरपालिकामा नहुँदा उक्त रकम आशा गर्नु स्वाभाविक ठानिन्छ । हो आज बिरिङ नदीबाट १६ स्थानमा कटान तिव्र गरी करोडौंको क्षति भएपछि फ्रीज हुन लागेका रकम यता खर्चिए हुन्थ्यो भन्नु अनौठो होइन ।

22
नदीले विद्यालय, खेल मैदान, पुल र रोपिएका धानबाली लगिदिएको छ । शनिअर्जुन–२ बिरिङ पारीको अर्जुनधारा खेलमैदानमा खोलाको कटान प्रवेश गरेको छ । मिनी पुल उत्तर दिपीन राईको जमिन अगाडिबाट खोलाको कटान सुरु भएको छ । स्थानीयहरुले उक्त कटानलाई रोक्नका लागि बाँस, हजार वटा बोरा र आर्थिक माग नगरपालिकासँग गरेका छन् ।
यसरी नै दहिझोडा स्थित लक्ष्मि प्राविलाई पनि कटानले छाडेको छैन भने शनिअर्जुन–३ दहिझोडा सुकुम्बासी बस्तीमा ७० घर जोखिममा रहेको छ । बिरिङले शनिअर्जुन–४ स्थित बाँघेडाँगी खेतियोग्य जमिन बगाइ दिएको छ भने १५ विगाह जमिन कटान गरी लगिसकेको छ ।
यसरी नै शनिअर्जुन–४ र ६ मा देवराज बुढाथोकीको घर पश्चिम जग्गा, कैलाशघाट पश्चिम र फुलमतिले भेट्ने खेतियोग्य जमिन र बाटो बगाइदिएको नगरपालिकाका सवइन्जीनियर छविरमण पोखरेलले बताए ।
यसरी नै अति व्यस्त सडकको रुपमा रहेको नारायण चौक–चारपाने सडक खण्डको कल्र्भट बगाइ दिएको छ । यसरी नै शनिअर्जुन–५ महानन्द चौक पूर्व माता मन्दिर छेउको ४० घर डुबानमा परेको छ । डुबानमा परेका घरहरुलाई बिचको सडकबाट पनि निकास गरिएको शनिअर्जुन नगरपालिकाले जनाएको छ । यसरी नै बिरिङ खोलाको वहाव बढेर शनिअर्जुन–६ ओम चौकमा रहेको कल्र्भट बगाइ दिएको छ । नदीले पुण्यप्रसाद चापागाई लगायत स्थानीय ३ विगाह जमिन कटान गरिदिएको छ ।
यसरी नै शनिअर्जुन–२ बिरिङ खोला ब्लक नं. ७ मंगलश्री क्रसर उद्योगको पश्चिम पट्टिको भुभाग कटान गरिदिएको छ भने उत्तरपट्टि भूवनेश्वर शिवाकोटीको खेति योग्य जमिन कटान गरी लगेको छ । बिरिङ नदीले यसरी कटान गरेपछि ब्लक नं. ७ का सचिव मदन दनुवारसँग प्रतिक्रिया लिँदा उनले बिरिङ नदीमा ४ करोडभन्दा बढी खर्च भएको सन्देश त सुन्न पाइयो । उक्त खर्च कहाँ, कसरी खर्च भयो जलाधारसँग सम्पर्क नगरी र उपभोक्ताहरुमाझ सम्बन्ध नराखि गरिएको हुँदा जथाभावि कटान बढेको जानकारी गराए ।
अविरल वर्षाकै कारण बाह्रदशी खोलामा पानीको वहाव बढेपछि निकास नपाउँदा नगरपालिका नजिकको बाटो भत्काइ दिएको छ । यसरी नै अदुवा खोलाले घुगी कटेज नजिक निर्माण भएको कल्र्भटको पंखा भत्काइ दिएको छ । दीपज्योति अगाडि निर्माण हुँदै गरेको कल्र्भटमा पनि क्षति पु¥याएको छ । यसरी नै अदुवा खोलाले महानन्द चौक पश्चिम वाल कटान गरी चार घरमा क्षति पु¥याइदिएको छ ।